

-
चिप्लेढुङ्गा । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी र गण्डकी मेडिकल कलेज नयाँबजारमा सो सेवा शुरुआत भएको कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिका स्रोत व्यक्ति (फोकल पर्सन) डा विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “फिभर क्लिनिकमा ज्वरो आएका र भाइरस सङ्क्रमणका आशङ्का गरिएका बिरामी जाँच हुने छ । सेवा बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।” नेपाल मेडिकल काउन्सिलले गत बिहीबार एक सूचना प्रकाशित गरी १०० श्ययाभन्दा माथिका अस्पतालले अलग्गै ज्वरो क्लिनिक (फिभर क्लिनिक) सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार यहाँका ती तीन अस्पतालले छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा ल्याएका हुन् । त्यसैगरी आज (आइतबार)देखि यहाँ मा ‘हेलो डाक्टर’ हटलाइन सेवा शुरु हुने भएको छ । रुघाखोकी र ज्वरो आएका बिरामीले ०६१–५२४०७४ मा फोन गरी चिकित्सकबाट आवश्यक सोधपुछ र परामर्श लिन सक्नेछन् ।
स्वास्थ्य निर्देशक डा शर्माका अनुसार बिरामीले घरमै बसीबसी चिकित्सकलाई फोन गरी आफ्नो जिज्ञासा र समस्या जानकारी गराइ जाकारी प्राप्त गर्न सक्नेछन् । हटलाइन सेवा प्रदेश स्वास्थ्य निर्देशनालयमा रहनेछ । रुघाखोकी लागेका बिरामीलाई मात्र फिभर क्लिनिकमा सम्पर्क गर्न सुझाव दिइनेछ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सामान्य रुघाखोकी लाग्दैमा नआत्तिन, सरसफाइमा ध्यान दिन र भीडभाड हुने स्थानमा नजान आग्रह गर्नुभयो । रासस
News Desk 0 response आइतवार, चैत्र ९, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



