

-
रामपुर । पाल्पामा अत्याधुनिक सुविधा सम्पन्न डायलाइसिस सेवा सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–५ स्थित बन्दीपोखरामा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रोटरी क्लबको सहयोगमा डायलाइसिस सेवा सञ्चालनमा ल्याएको हो ।
शुक्रबार शुभारम्भका अवसरमा चार बिरामीले सेवा लिएका छन् । दशवटा अत्याधुनिक मेशिनसहित डायलाइसिस सेवा सञ्चालन गरिएको हो । करिब पाँच करोडको लागतमा मुटुरोगी तथा मिर्गाैला बिरामीलाई लक्षित गरी सेवा सञ्चालनमा आएसँगै पाल्पामा मिर्गौलासम्बन्धी उपचार नहुँदा बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
हाल दैनिक ३० बिरामीको नियमित डायलाइसिस गर्न सकिने पाल्पा सेन्टरका संयोजक बाबुराम बोहराले बताउनुभयो । सेन्टरमा एक जना मेडिकल अधिकृत, १५ कर्मचारीबाट २४ सैँ घण्टा सेवा प्रदान गरिनेछ । हाल १० मेशिनबाट बिरामीको मिर्गाैला डायलाइसिस गरिने र आवश्यकताको आधारमा थप मेशिनसमेत सञ्चालन गरिने बताइएको छ ।
विगत पाँच वर्षदेखि बुटवल गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेशिनबाट २४ सैँ घण्टा सेवा प्रदान गर्दै आएको संस्थाले गत एक महिनादेखि दाङको लमहीमा पनि दश वटा मेशिन जडान गरी सेवा दिन थालेको छ ।
News Desk 0 response शनिबार, चैत्र ८, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



