-
भीमदत्तनगर । कोराना भाइरस (कोभिड–१९)बाट सतर्कता अप्नाउन स्वास्थ्य परीक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले यहाँका विभिन्न जिल्लाका १८ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार दार्चुलाको खलंगा, दत्तु, जोलजीवी, छाडरु र ब्यासमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । त्यसैगरी बैतडीको झुलाघाट नाका, कैलालीको त्रिनगरनाका, खक्रौला, भजनीको बनियाघाट र लालबन्दी, चिसापानी र धनगढी बिमानस्थल गरी छ स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको मन्त्रालयका सूचना अधिकृत हेमराज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार कञ्चनपुरको महाकाली नगरपालिकाका दुई स्थानमा, ब्रह्मदेव, गड्डाचौकी र बेलौरी नाकामा हेल्थ डेस्क स्थापना गरी सञ्चालमा आइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) को आशङ्का लागेका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि नौवटै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष निर्माण समेत गरिएको छ ।
शङ्कास्पद बिरामीलाई आइसोलेसन कक्षमा निगरानीका लागि राखिने छ । त्यसका लागि अलगै स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको सूचना अधिकृत खड्काले बताउनुभयो । “सरकारी र निजी अस्पताल गरेर ५७ आइसोलेन बेड तयारी अवस्थामा रहेका र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पतालमा दुई÷दुई भेन्टिलेटरसहितका श्ययाको तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “भारतबाट आउने मानिसको तापक्रम परीक्षण तथा निगरानी गरी सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कमा थर्मल स्क्यानरका माध्यमबाट जाँचपछि मात्रै नाका प्रवेश गर्न दिइएको छ ।”
त्यसैगरी कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक दुईदेखि तीन हजारको सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । भारतका विभिन्न प्रदेशमा कोरोनाको सङ्क्रमण देखिएपछि त्यहाँ रहेका नेपाली सतर्कता अपनाउँदै घर फर्किने क्रम बढेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा ३२ हजार १६२ को स्वास्थ परीक्षण गरिसकिएको छ ।
त्यसैगरी कोरोना भाइरसकै कारण भारतको उत्तराखण्डमा लाग्ने पूर्णागिरि मेलासमेत स्थगित गरिएको छ । पूर्णागिरि माताको दर्शन गरेपछि कञ्चनपुरको ब्रह्मदेव र महेन्द्रनगर बजारमा रहेको सिद्धबैजनाथ मन्दिरमा दैनिक हजारौँ भारतीय दर्शनार्थी आउने गरेका थिए । रासस
News Desk 0 response शुक्रबार, चैत्र ७, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि
सोमवार, पुस २२, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१