-
खोटाङ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेल मैदानमा आगामी आगामी वैशाख–६ गतेबाट अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । जिल्ला खेलकूद महासङ्घ खोटाङको आयोजनामा पहिलोपटक आयोजना गर्न लागिएको अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता वैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन गरिने भएको हो । जिल्लाका १० स्थानीय तहका खेलाडी मात्र सहभागी गराइने फुटबल प्रतियोगिताका प्रथम, दोस्रो र सेमी फाइनलमा पर्ने दुई टोलीलाई क्रमशः नगद रु एक लाख ५५ हजार, रु ८५ हजार र रु ५५ हजार ५५५ को साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने महासङ्घका संयोजक माइतीराज राईले जानकारी दिनुभयो ।
प्रतियोगिताका मेन अफ दि म्याच, उत्कृष्ट कोच, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र हाइ स्कोररलाई जनही नगद रु पाँच हजार ५५५ का साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
जिल्लामा हुने हरेक फुटबल प्रतियोगितामा अन्यत्रका खेलाडी ल्याएर सहभागी गराउने गरिएकामा खेलकूद महासङ्घले स्थानीयस्तरका खेलाडीलाई मात्र अवसर दिने गरी प्रतियोगिता गर्न लागिएको महासङ्घका सहसंयोजक मिलनचन्द्र राईले बताउनुभयो । “जिल्लामा हुने फुटबल प्रतियोगितामा जिल्लाका भन्दा बाहिरका खेलाडीले मात्र अवसर पाउने गरेका छन्”, उहाँले भन्नुभयो, “बाहिरबाट ल्याइएका खेलाडीलाई अवसर दिएपछि ओझेलमा परेका स्थानीय खेलाडीलाई अवसर दिएर खेल क्षेत्रको विकास गर्न अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता गर्न लागिएको हो ।”
News Desk 0 response बुधबार, चैत्र ५, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्लाको बराबरी
आइतवार, माघ ६, २०८११९ वर्षमुनिको महिला टी–२० विश्वकप : नेपाल बङ्गलादेशसँग पराजित
शनिबार, माघ ५, २०८१एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
बुधबार, माघ २, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१