

-
खोटाङ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेल मैदानमा आगामी आगामी वैशाख–६ गतेबाट अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । जिल्ला खेलकूद महासङ्घ खोटाङको आयोजनामा पहिलोपटक आयोजना गर्न लागिएको अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता वैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन गरिने भएको हो । जिल्लाका १० स्थानीय तहका खेलाडी मात्र सहभागी गराइने फुटबल प्रतियोगिताका प्रथम, दोस्रो र सेमी फाइनलमा पर्ने दुई टोलीलाई क्रमशः नगद रु एक लाख ५५ हजार, रु ८५ हजार र रु ५५ हजार ५५५ को साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने महासङ्घका संयोजक माइतीराज राईले जानकारी दिनुभयो ।
प्रतियोगिताका मेन अफ दि म्याच, उत्कृष्ट कोच, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र हाइ स्कोररलाई जनही नगद रु पाँच हजार ५५५ का साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
जिल्लामा हुने हरेक फुटबल प्रतियोगितामा अन्यत्रका खेलाडी ल्याएर सहभागी गराउने गरिएकामा खेलकूद महासङ्घले स्थानीयस्तरका खेलाडीलाई मात्र अवसर दिने गरी प्रतियोगिता गर्न लागिएको महासङ्घका सहसंयोजक मिलनचन्द्र राईले बताउनुभयो । “जिल्लामा हुने फुटबल प्रतियोगितामा जिल्लाका भन्दा बाहिरका खेलाडीले मात्र अवसर पाउने गरेका छन्”, उहाँले भन्नुभयो, “बाहिरबाट ल्याइएका खेलाडीलाई अवसर दिएपछि ओझेलमा परेका स्थानीय खेलाडीलाई अवसर दिएर खेल क्षेत्रको विकास गर्न अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता गर्न लागिएको हो ।”
News Desk 0 response बुधबार, चैत्र ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



