-
बलेवा । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्री गर्दै आएको खुलेको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङसहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिवाङ सिटी क्लिनिकले म्याद गुज्रिएका औषधि बिक्री वितरण गरिरहेको भेटाएको हो ।
क्लिनिकमा भएका दश किसिमका औषधि सबैको म्याद गुज्रिएको फेला पारेको कार्यालय प्रमुख गुमादेवी शर्माले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका सङ्घ संस्थाका प्रतिनिधि सम्मिलित अनुगमन समितिले उक्त क्लिनिकका औषधिको म्याद सकिएको भेटाएको थियो ।
म्याद गुज्रेका सबैखाले औषधि नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उक्त क्लिनिकलाई कारवाही गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा समेत कारवाहीका लागि सिफारिस गरिने उहाँले जानकारी दिनुभयो । क्लिनिक सञ्चालकलाई प्रशासनले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
जिल्ला सदरमुकामबाट अनुगमन निस्केको टोलीले काठेखोला गाउँपालिकाको दृश्यावलोकन स्तम्भ आसपासको बजार, गलकोट नगरपालिकाको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पेय पदार्थमा धेरै म्याद गुज्रिएका पाइएको श्रेष्ठले बताउनुभयो । उपभोक्ता हित विपरीत कारोवार गर्ने सबै व्यवसायीलाई आवश्यक चेतावनी दिइएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । टोलीले भेटेका सबै सामग्री नष्ट गरेको थियो । रासस
News Desk 0 response बुधबार, चैत्र ५, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१