-
कास्की । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी वर्ष फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भएको बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले प्रतियोगिताको मिति नसर्ने र पूर्वाधार निर्माण तथा खेलकूदको तयारीका काम अघि बढाइएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय खेलकूदका लागि रु ७५ करोडदेखि रु एक अर्बको हाराहारीमा बजेट आवश्यक पर्ने भएकाले सरकारसँग माग गरिएको उहाँको भनाइ छ । स्विमिङ’ र ‘सुटिङ’ बाहेकका अन्य खेलका सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेका बताउँदै पोखरा रङ्गशालाभित्र निर्माण गरिने यी दुई खेल पूर्वाधार निर्माण प्रक्रियासमेत शुरु भएको सदस्यसचिव सिलवालले जानकारी दिनुभयो । सुटिङको पूर्वाधारका लागि बोलपत्र आह्वान गरिसकिएको र स्विमिङका लागि डिजाइन तयार भइरहेको बताउँदै उहाँले विदेशी पनि सहभागी हुने गरी २५ बाई २५ को ‘हिटिङ स्विमिङ’ पोखरी निर्माणको योजना रहेको स्पष्ट पार्नुभयो ।
सदस्यसचिव सिलवालले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता आगामी तीन महिनाभित्रमा २० हजार पुर्याउने गरी काम भइरहेको उल्लेख गर्नुभयो । गत वर्ष रु एक अर्ब २८ करोड लागतमा १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने गरी काम भइरहे पनि यहाँका खेलकर्मीको मागअनुसार क्षमता वृद्धि गर्न लागिएको र लागतसमेत रु २० करोड वृद्धि हुने जानकारी उहाँले दिनुभयो । फुटबल रङ्गशालामा ‘स्कोर बोर्ड’ र ‘फ्लड लाइट’को व्यवस्था गर्न आगामी वर्षको बजेटमा योजना समावेश गरेर पेश गरिएको उहाँको भनाइ छ । पछिल्लो समय नेपाली खेलकूदमा पूर्वाधार, लगानी सबै हिसाबले परिर्वतन भइरहेको सिलवालले स्पष्ट पार्नुभयो । रासस
News Desk 0 response आइतवार, चैत्र २, २०७६
सम्बन्धित शीर्षकहरु
वालिङलाई हराउँदै बाग्मती युथको पहिलो जीत
शुक्रबार, पुस २६, २०८१इन्डो–नेपाल भलिबलको उपाधि आर्मीले जित्यो
बिहिबार, पुस २५, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
मङ्लबार, पुस २३, २०८१इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल दोस्रो स्थानमा
बिहिबार, पुस १८, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१