

-
भरतपुर । प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा २०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा समावेश चार विधामध्ये महत्वपूर्ण तीन विधाको उपाधि चितवनका खेलाडीले जितेका छन् ।
प्रतियोगितामा सबैभन्दा चासोको पुरुष डबल ‘ए’ को उपाधि चितवनका खेलाडीले नै जितेका छन् । निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको फाइनल खेलमा चितवनका राजु थापा र विनोद पौडेलको जोडीले सहज जित हासिल गर्यो ।
यी दुईले पोखराका विशाल खड्का र विशाल बस्नेतको जोडीलाई २–० को सोझो सेटमा पराजित गरे । चितवनले पहिलो सेट २१–१९ ले जितेको थियो भने दोस्रो सेट २१–१५ ले आफ्नो पक्षमा पार्यो । चितवनलाई उपाधि दिलाउन घरेलु दर्शकको साथ पनि राम्रो रह्यो । खेल सकिँदा राति ८.१५ बजेको थियो । त्यतिबेलासम्म पनि दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए ।
उपाधि जित्न सफल चितवनका थापा र पौडेलको जोडीले नगद रु ४० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पायो । उपविजेतामै सीमित पोखराका थापा र पौडेलको जोडीले नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विजेता र उपविजेता खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष गङ्गा लामाले पुरस्कार प्रदान गर्नुभएको कार्यक्रम संयोजक सुदन दराईले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगिताअन्तर्गत पुरुष डबल ‘बी’ समूहको उपाधि चितवन जिल्ला ब्याडमिन्टन सङ्घका बुद्धि चौधरी र गोपाल पन्थीले हात पारे । यी दुईको जोडीले पूर्वी चितवन बेल्सीका विकास डल्लाकोटी र सन्देश बस्नेतलाई पराजित गरेको हो । खेल प्रतिस्पर्धात्मक बने पनि २–० को सोझो सेटमै सकिएको थियो । विजेता चौधरी र पन्थीको जोडीले नगद रु २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको बेल्सीका डल्लाकोटी र बस्नेतले नगद रु १३ हजार, र शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
त्यसैगरी प्रतियोगिताअन्तर्गत पुरुष भेट्रान्स (४५ वर्षमाथि)को उपाधि चितवन ब्याडमिन्टन सङ्घका बुद्धि चौधरी र सुरेश श्रेष्ठको जोडीले जितेको छ । चितवनले तनहुँका टिक थापा र मोनबहादुर रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विजयी टिमले रु ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता तनहुँले नगद रु १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
त्यस्तै सुपर भेट्रान्स (५५ वर्ष माथि)को उपाधि बागलुङले जितेको छ । बागलुङका राजेन्द्र शाक्य र विष्णु श्रेष्ठको जोडीले चितवनका पुष्प श्रेष्ठ र राजु थापाको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भयो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता लिएको चितवनले लगातार दुई सेट गुमाउँदा २–१ ले पराजित भएको थियो । पहिलो सेटमा चितवनले उत्कृष्ट जित हासिल गरेको थियो । दोस्रो र तेस्रो सेटमा बागलुङले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचालेको हो । विजयी समूहले नगद रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टोलीले नगद रु पाँच हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिता नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, चितवनले आयोजना गरेको हो । प्रतियोगिताको सहयोगी संस्थामा नेपाल ब्याडमिन्टन सङ्घ, चितवन र जिल्ला खेलकूद समिति रहेका थिए ।
News Desk 0 response आइतवार, चैत्र २, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्खलामा लगातार चौथो हार
मङ्लबार, माघ २२, २०८१-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
आज शहीद दिवस : विभिन्न कार्यक्रमको आयोजना..
बुधबार, माघ १६, २०८१