

-
तुलसीपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन ।
एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा एम्बुलेन्स बिग्रिएको थियो । विसं २०७४ असोज २९ गते प्रतिष्ठान बनेको थियो । हालसम्म प्रतिष्ठानले नयाँ एम्बुलेन्स खरिद गर्न नसकेको र पुरानोलाई मर्मत गर्नसमेत नसकेको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । “उपक्षेत्रीय हुँदा नै एम्बुलेन्स बिग्रिएको थियो”, उहाँले भन्नुभयो, “तर प्रतिष्ठान बनेको दुई वर्ष बितिसक्दा मर्मत हुनसकेको छैन ।”
मर्मत गर्दा धेरै खर्च लाग्ने तथा नयाँ खरिद गर्ने विषयमा तयारी नभएको समेत उहाँले बताउनभयो । “अहिले पुरानो एम्बुलेन्स मर्मत गर्न सकिने अवस्था छैन, महङ्गो खर्च हुन्छ”, उहाँले भन्नुभयो, “नयाँ एम्बुलेन्स खरिद गर्ने विषयमा तयारी छैन ।” उहाँका अनुसार एम्बुलेन्सका लागि दाताको सहयोगको अपेक्षा प्रतिष्ठानले गरेको जनाइएको छ ।
निजी एम्बुलेन्समा आउँदाको पीडा
News Desk 0 response आइतवार, चैत्र २, २०७६
प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आउनुभएकी घोराहीका कल्पना केसीले महङ्गो भाडा तिरेर अस्पताल आउनुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानले ऐम्बुलेन्स सञ्चालन गरेको भए केही सहज र सुलभ रकममा यहाँसम्म आउन सजिलो हुन्थ्यो ।” रातको समयमा स्वास्थ्यमा जटिल समस्या आइहाले एम्बुलेन्स पाउन धौधौ पर्ने उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा तुलसीपुर अस्पताल प्रालिले मात्रै एम्बुलेन्स सेवा दिँदै आएको छ । रासस

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



