

-
तुलसीपुर । दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालि ले १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । “तुलसीपुरमा १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका सञ्चालक डा किशोर खत्रीले भन्नुभयो, “त्यसका लागि तुलसीपर उपमहानगरपालिका–९ बेलुवामा प्रक्रिया अघि बढिसकेको छ ।” दाङका बिरामीलाई बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सेवा दिने तयारी थालिएको उहाँको भनाइ छ । “अहिले दाङमा सुविधासम्पन्न अस्पताल नहुँदा उपचारका लागि बाहिरी जिल्ला सिफारिश भएर जानुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “यसको अन्त्य गर्ने हाम्रो लक्ष्य छ ।”
अहिले बालरोग विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले ल्याब, आइसीयू, एक्सरे सेवा थप गरेको समेत बताउनुभयो । डा खत्रीका अनुसार अब अस्पतालले सुत्केरी सेवा, जनरल मेडिसिन, गर्भ जाँच, पाठेघर तथा महिलामा सेतोपानी बग्ने, बेहोस बनाएर उपचार गर्नेलगायतका सेवाहरु शुरु भएका छन् ।
बालरोगमा स्थापित अस्पताल
नवजात शिशुका लागि दाङमा उपचार थिएन । दाङबाट उपचारका लागि नेपालगञ्ज, बुटवललगायतका शहरमा जानुपथ्र्यो । यसले दाङवासीलाई मात्रै साविक राप्तीका पहाडी जिल्लाका बिरामीलाई सास्ती थियो । यसैलाई मध्यनजर गरी विसं २०७१ मा तुलसीपुरमा तुलसी अस्पताल सञ्चालनमा ल्याइयो ।त्यसपछि भने बालरोगका समस्या क्रमशः हट्दै गएको तुलसी अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा किशोर खत्रीले बताउनुभयो । “नवजात शिशुका लागि दाङमा बालरोग विशेषज्ञसहितको सेवा थिएन, त्यसले गर्दा धेरै शिशुको अकालमै मृत्यु हुने गथ्र्यो”, उहाँले भन्नुभयो, “तर हामीले सेवा शुरु गरेपछि त्यो अवस्था अन्त्य भएको छ, साविक राप्ती अञ्चलसहित विभिन्न जिल्लाका बालबालिकालाई हामीले सहज सेवा दिन सफल भएका छौँ । “कुनै समय बिरामी पर्दा बालकालिकालाई तुलसीपुरबाटै काठमाडौँ, नेपालगञ्ज लैजाने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले त्यो समस्या छैन ।”
“हामीले आइसियूसहितको एम्बुलेन्स सञ्चालनमा ल्यायौँ”, उहाँले भन्नुभयो, “त्यसले धेरै सेवा दिएको छ, अहिले नेपालगञ्ज र भारतको लखनउबाट समेत सेवा प्रदान गर्दै आएका छौँ ।” उहाँले अब सर्जरी, न्यूरोसर्जनसहितको सेवा दिने गरी तयारी थालिएको समेत बताउनुभयो ।
News Desk 0 response शनिबार, चैत्र १, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



