

-
सुर्खेत । यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो । दादुरा र रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन तीन चरणमा सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।
“पहिलो चरणमा चैत १ गतेदेखि ६ गते वीरेन्द्रनगर नगरपालिका, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अभियान सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो, “तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिङ्गाड गाउँपालिका, भेरीगङ्गा नगरपालिका, लेकवेंशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सम्पन्न गरिनेछ ।”
उहाँका अनुसार सुर्खेतमा ५८० खोप केन्द्रमा १७० जना तालीम प्राप्त भ्याक्सिनेटर (खोपकर्मी) र एक हजार १६० स्वयंसेवक परिचालन हुनेछन् । दादुरा र रुबेला नौ महीनादेखि पाँच वर्षमुनिका सबै बालबालिका र जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप लगाइने कार्यालय प्रमुख वाग्ले बताउनुहुन्छ ।
बालबालिकाको शरीरमा सम्बन्धित रोगविरुद्ध लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउन खोप अनिवार्य रहेको जनाइएको छ । बाल तथा मातृ मृत्युदरमा कमी ल्याउने, औशत आयुमा वृिद्ध गर्ने र सन् २०२३ सम्ममा पोलियो रोग उन्मूलन एवं दादुरा रुबेला निवारण गर्ने अभियानले उद्देश्य राखेको उहाँले बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ३०, २०७६


सम्बन्धित शीर्षकहरु

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
बिहिबार, फाल्गुन १५, २०८१-
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१