

-
दमौली । कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् । कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुन स्थानीय तहले आह्वान गरेको छ । शुक्लागण्डकी नगरपालिकाको केही दिन अगाडि सम्पन्न छैठौँ नगरसभाले सो भाइरसबाट बच्न संयमित भई सतर्कता अपनाउन आग्रह गरेको नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो ।
उहाँले नियमितरुपमा साबुनपानीले हात धुन, खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख ढाक्न आह्वान गर्दै ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नुभयो । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम रहेको देवघाट गाउँपालिकाले सो भाइरसबाट बच्न सचेतना अपनाउन गाउँवासीलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । साथै गाउँपालिकाभित्र जात्रा, पर्व, मेला महोत्सव जस्ता कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
व्यास नगरपालिकाले भाइरसको जोखिमबाट बच्न ‘नमस्कार गरौँ’ अभियान सञ्चालन गरेको छ । हात मिलाउँदा भाइरसको सङ्क्रमण हुने सम्भावना भएकाले हात नमिलाई नमस्कार गर्ने परम्परा शुरुआत गर्न सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
नगरपालिकाले भीडभाडयुक्त स्थानमा नजान, रुघाखोकी लागेमा माक्सको प्रयोग गर्न, साबुनपानीले हात धुनसमेत नगरवासीमा आग्रह गरेको छ । जिल्लाका म्याग्दे, आँबुखैरेनी, ऋषिङ, बन्दीपुर, घिरिङ गाउँपालिका, भीमाद र भानु नगरपालिकाले पालिकाभित्र सो भाइरसबाट बच्न सतर्कता अपनाउने खालका कार्यक्रम सञ्चालन गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सतर्कता अपनाउनु नै उत्तम विकल्प रहेको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले बताउनुभयो । “व्यक्तिगत सरसफाइ र आचरणमा ध्यान दिन सकिए यसबाट बच्न सकिन्छ”, डा पौडेलले भन्नुभयो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३



