

-
कास्की । मनाङ मस्र्याङदी क्लब पोखरामा सञ्चालन भइरहेको १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यही फागुन २२ गतेदेखि पोखरा रङ्गशालामा भइरहेको प्रतियोगिताको आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चिरपरिचित प्रतिपस्र्धी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै मनाङ प्रतियोगिताको उपाधि नजिक पुगेको हो । मनाङले अब उपाधिका लागि चैत १ गते नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलमा मनाङले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गर्यो । आर्मीले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो । खेलको चौथो मिनेटमै मनाङका विदेशी खेलाडी फ्लोरेन्टले गोल गर्दैै टोलीलाई अग्रता दिलाउनुभयो । सुशील राईले बायाँ साइडबाट प्रहार गरेको कर्नर बललाई पेनाल्टी एरियामा विमल रानाले मिलाइदिएको पासमा फ्लोरेन्टले गोल गर्नुभएको हो ।
मनाङले २९औँ मिनेटमा विमल रानाको गोलबाट अग्रता दोब्बर बनायो । अञ्जन विष्टले मिलाइदिएको पासमा डिवक्सभित्रबाट रानाले प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको ४१औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोसिस गर्नुभयो । सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले हेडमार्फत मिलाइदिएको पासमा पेनाल्टी क्षेत्रबाट खवासले हेडमार्फत गोल गर्नुभएको हो ।
दोस्रो हाफमा खेलमा फर्कन आर्मीले निरन्तर सङ्घर्ष गरिरहेको अवस्थामा ८१औँ मिनेटमा मनाङका अञ्जन विष्टले गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभएकामा ८३औँ मिनेटमा आर्मीका दीपकुमार लामाले गोल गर्दै खेल रोमाञ्चक अवस्थामा पुर्याउनुभयो । खेलमा ७७औँ मिनेटमा दीपक गुरुङको स्थानमा मैदान प्रवेश गर्नुभएका लामाले अर्का वैकल्पिक खेलाडी टङ्क बस्नेतको क्रस पासको सदुपयोग गर्दै सुन्दर गोल गर्नुभएको थियो ।
बराबरीका लागि अन्तिमसम्म प्रयास गरे पनि खेलको अन्तिम तथा इन्जुरी समयमा प्राप्त केही अवसर खेर फाल्दा साविक उपविजेता आर्मी यसपटक फाइनल पुग्न सकेन । आर्मी आहा रारामा चारपटक फाइनलमा प्रवेश गरे पनि हालसम्म उपाधिबाट विमुख हुँदै आएको छ ।
शहीद स्मारक लिगमा मनाङले १–० ले आर्मीलाई पराजित गरेपछि यी दुई टोली पहिलोपटक पोखरामा प्रतिस्पर्धा गरेका हुन् । खेलमा मनाङका फ्लोरेन्ट ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार पुरस्कार तथा ट्रफी प्राप्त गर्नुभयो । पोखरेली दर्शकले सर्वाधिक मन पराउने मनाङले हालसम्म पाँचपटक आहा राराको उपाधि चुमेको छ । प्रतियोगिताको दोस्रो, तेस्रो, १०औँ, १४औँ र पन्ध्रौँ संस्करणमा मनाङ च्याम्पियन बनेको हो ।
खेलपछिको पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलको शुरुमै गोल खान पुग्दा टोली दबाबमा परेको बताउँदै सेन्ट्रल डिफेन्स मजबुत नहुँदा बढी मिस पास भएको बताउनुभयो । विपक्षीको ‘टाइट मार्किङ’का कारणले भरत खवासलगायतका खेलाडी खुलेर खेल्न नसकेको तथा उनीहरुको मार्किङलाई तोड्न कठिन भएको उहाँको भनाइ छ ।
मनाङका प्रशिक्षक फुजा टोपेले आर्मी बलियो र अनुभवी टोली रहे पनि महत्वपूर्ण खेलमा जित हासिल गर्दै फाइनल प्रवेश गरेकामा खुशी व्यक्त गर्नुभयो । आफूहरु उपाधिका लागि खेल्ने भएकाले फाइनल खेल अत्यन्त प्रतिस्पर्धापूर्ण हुने उहाँले बताउनुभयो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाधिक गोलकर्ताले रु २५ हजार तथा विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले रु १५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



