-
चिप्लेढुङ्गा । पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो ।
पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन् । हट एयर बेलुन अरुभन्दा केही फरक मानिन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् ।
एक्काइस मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् । होटल र ट्रेकिङ व्यवसाय गरिरहेका पिन्चो लामाले तत्कालीन हवाइ विभागबाट अनुमति लिएर सन् १९९१ मा ‘सनराइज बेलुन’ नामक कम्पनीमार्फत नेपालमा यसको व्यावसायिक उडान शुरु गर्नुभएको हो । पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान शुरु भएको बेलुन नेपाल प्राली पोखराका अध्यक्ष विक्रम बाडेले जानकारी दिनुभयो ।
समुन्द्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा र आसपासका सुन्दर हिमशृङ्खलाको दृश्यावलोक गर्न सकिने बाडेको भनाइ छ । वर्षायामका तीन महिना असार, साउन र भदौबाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उड्न सकिने उहाँले बताउनुभयो । कम्पनीले प्रतिव्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्ससमेत गर्ने गर्छ ।
यस कम्पनीमा अध्यक्ष बाडेसँगै हिमालयन इन्भेष्टमेन्ट प्रालिका तर्फबाट दीपककुमार श्रेष्ठ र सविन महर्जनको चार करोड ५० लाखको संयुक्त लगानी छ । हाल हट एयर बेलुनको व्यावसायिक उडान फेवातालको माथिल्लो भेग पामेबाट हुँदै आएको छ । सूर्योदय मन पराउने बिहानको समयमा उड्न सक्छन् भने सूर्यास्त मन पराउने साँझको समयमा उड्ने गर्छन् । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।
आधा घन्टा उडानको नेपाली र भारतीय पर्यटकले नौ हजार तिर्नुपर्छ भने अन्य देशकाले एक सय बीस डलर तिर्नुपर्ने पोखरा कम्पनीका मार्केटिङ प्रमुख सङ्गीता कायस्थले जानकारी दिनुभयो । विशेष अवसरमा रिजर्भ गरी प्राइभेट उडान गर्न चाहनेका लागि आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै फोटो, भिडियोको पेन ड्राइभसहित एक हजार ५०० अतिरिक्त शुल्क तोकिएको छ । पत्रकार अमृत भादगाउँले पोखराको सुन्दरतालाई हट एयर बेलुनमा उड्दै फोटो कैद गर्दाको अनुभूति निकै रोमाञ्चक भएको अनुभव सुनाउनुभयो । “पोखरा आफँै हेरेर नथाकिने शहर हो, यसको सुन्दरतालाई हावामा उडेर चारैतिर एकनाश हेर्न पाउनु र सुन्दर तस्बिर लिन पाउनुको मज्जा बेग्लै हुन्छ ।” बर्थ डे सेलिब्रेशन, एनिभर्सरीलगायत विशेष अवसरमा पनि परिवार र साथीभाइसँग आनन्दले उडेर सेलिब्रेशन गर्न मिल्ने भएकाले यो साहसिक खेल अरुको तुलनामा अझ सहज र विशेष रहेको जनाइएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६
सम्बन्धित शीर्षकहरु
वालिङलाई हराउँदै बाग्मती युथको पहिलो जीत
शुक्रबार, पुस २६, २०८१इन्डो–नेपाल भलिबलको उपाधि आर्मीले जित्यो
बिहिबार, पुस २५, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
मङ्लबार, पुस २३, २०८१इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल दोस्रो स्थानमा
बिहिबार, पुस १८, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१