-
कपिलवस्तु । कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र रु एक लाख क्षतिपूर्तिको फैसला भएको छ ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लोकजङ्ग शाहको इजलासले बुधबार सो फैसला गरेको हो । जबर्जस्ती करणीे मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई अदालतले उक्त सजाय तोकेको हो । अदालतका स्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य चार बालकलाई भने आठ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ । विसं २०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई छ जनाले ललाइफकाई जबर्जस्ती करणी गरेका थिए । बालिकाले डर त्रासका कारण त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिइनन् ।
घटनापछि बालिकाले तीन महिना चार दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचका क्रममा भेटिएको थियो । पीडितकी आमाले २०७६ वैशाख ११ गते आफ्नी छोरीलाई छ जनाले बलात्कार गरेको किटानी जाहेरी दिनुभएको थियो । सोही आधारमा घटनाका मुख्य आरोपी श्रेष्ठ पक्राउ परेका थिए । बालिकालाई नगरपालिका–२ गोरुसिङ्गेस्थित रोयल खुस्बु होटलमा लगी बलात्कार गरिएको थियो । होटलका मालिक नगरपालिका–९ इमिलियाका युवराज भुसाल जैसीले बालिकालार्ई बलात्कार गरेका थिए । किटानी जाहेरी परेदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको मुद्दा मुल्तबी राखिएको स्रेस्तेदार शर्माले जानकारी दिनुभयो ।
बालिका सकुशल रहेको प्रहरीले जनाएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ३६(४) अनुसार आरोपी बालक भए कैदको दुई तिहाइ मात्र सजाय भोग्नुपर्ने प्रावधान छ । अठार वर्ष मुनिका बालबालिकाको सहमति र असहमति दुवै अवस्थामा बलात्कार हुने मुलुकी संहितामा उल्लेख गरिएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६
सम्बन्धित शीर्षकहरु
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१