

-
रामपुर । पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो ।
नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पु¥याउने भएकाले नियमित गर्भ जाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिनुभयो ।
अभियानबाट गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा जानेको सङ्ख्या बढ्न थालेको पाइएको छ । संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ । यस कार्यक्रमको लागि गाउँपालिकाले रु चार लाख रकम विनियोजन गरेको जनाइएको छ । “अझै पनि महिला स्वास्थ्य संस्थामा जान हिचकिचाउने पनि यदाकदा छन्, उनीलाई नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउन बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो ।
गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको छ । गर्भवती महिला स्वास्थ्य संस्थामा नै गर्भ परीक्षणका लागि पुगेपछि रु ३५० बराबरको अण्डा दिन थालिएको छ । स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रतिव्यक्ति रु दुई हजार ५०० रकम प्रोत्साहनस्वरुप दिने गरेको रुप्से स्वास्थ्यचौकीका प्रमुख यमबहादुर चिदीले जानकारी दिनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



