

-
दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ । ४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरुपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । “उद्योगबाट ३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “निर्धारित समयमा नै उद्योग भवन निर्माण सम्पन्न गरिनेछ ।”
उक्त भवनको बुधबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शिलान्यास गर्दै उद्योगमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । पछिल्लो समय व्यास नगरपालिकाभित्र विभिन्न उत्पादनमूलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले नगरपालिकाभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीलाई नगरपालिकाले सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले उद्योगले स्थानीयवासीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन..
शुक्रबार, बैशाख १२, २०८२