

-
डोटी । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रक्तदान गरी ११० स्थानीयको अकालमा हुने मृत्युबाट जोगाएको छ । पृतना हेडक्वाटर दिपायल राजपुरले दिएको जानकारीअनुसार आर्थिक वर्ष विसं २०७६/७७ मा पृतन मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले रक्तदान गरी सहयोग गरेका थिए ।
प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगतको अभाव भएपछि यहाँका सेवारत सैनिकले आवश्यकता अनुसार रक्तदान गर्ने गरेको जनाइएको छ । सेनाले यहाँ रक्तदानलाई उच्च महत्व दिएपछि स्थानीयमा खुशी छाएको छ । रगतको आवश्यक पर्नेलाई यहाँ कार्यरत सैनिकले अस्पतालमा नै गइ रक्तदान गर्दै आएका छन् ।
दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी वडासदस्य पार्वती विकले भन्नुभयो, “भनेको समयमा रगत नपाउँदा अकालमा मृत्यु भएका थुप्रै उदाहरण छन्, तर सेनाले अहिले रगत दिन थालेपछि मृत्युहुनबाट जोगन थालेको छ, भनेको बेला सहज रगत पाउँदा स्थानीय खुशी भएका छन् ।” अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा तथा डोटीका सुत्केरी महिला तथा दुर्घटनाका घाइतेलाई वढी रगतको आवश्यकता पर्ने गर्दछ । रुद्रध्वज गण सिलगढीका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले आवश्यकता अनुसार रक्तदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेनाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक परेका बेला आफ्नो रक्तदान गरेको छ, विशेष गरी पहाडी जिल्लामा स्थानीयलाई सेनाले रक्तदान दिएर बचाउन सफल भएको छ ।”
पछिल्लो समय रगतको आवश्यक पर्ने सेनाको ब्यारेक धाउने गर्छन् । सेनाले आफू मातहत रहेका सम्पूर्ण सैनिक कर्मचारीको रगत ग्रुप पहिले नै छुट्टयाएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानीय सेनाका ब्यारेक तथा युनिटमा रगत माग्न धाउने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत ग्रुप पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत ग्रुप छुट्टयाएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौं र सहजै ब्लड पाइन्छ ।”
रक्तदान गर्नुपर्छ भन्ने बानीको विकास भई नसकेकाले जिल्लामा रगत सहजै पाउनमा समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताउनुभयो । उहाँले भन्नुभयो, “रक्तदान गर्दा कमजोर भइन्छ भन्ने अन्धविश्वासले यहाँका स्थानीय रक्तदान गर्न अघि सर्दैनन्, रगत नपाउँदा बिरामीको ज्याननै खतरामा पर्ने गर्छ, रगत दान गर्दा कुनै असर हुँदैन रक्तदान गर्ने बानीको विकास गर्नु जरुरी भएको छ ।” नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र पनि रक्तदान गर्नेको अभाव भएपछि बन्द हुने अवस्थामा पुगेको जनाइएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६
त्यस्तै यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले पनि रगत सङ्कलन गर्न शुरुआत गरे पनि रक्तदान गर्ने व्यक्ति नपाउँदा बन्द अवस्थामा रहेको सो अस्पतालका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिनुभयो । रासस

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



