

-
मुग्लिन । चितवनको चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरु लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
वाग्मती प्रदेश प्रहरी कार्यालयको समन्वय, जिल्ला प्रहरी कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा चेपाङ समुदायको बाहुल्य रहेको इच्छाकामना वडा नं ३ को धुसागाउँमा मङ्गलबार बृहत् सचेतना कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य शिविरसमेत सम्पन्न गरेको चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिनुभयो ।
सो अवसरमा आयोजित सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविरमा झण्डै ३०० बढी स्थानीयवासी लाभान्वित भएका थिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वाग्मती प्रदेशभरका विभिन्न जिल्लाका नागरिकलाई यसप्रति सचेत बनाउन सचेतना कार्यक्रम आयोजना गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किशोरकुमार दाहालले जानकारी दिनुभयो ।
“कोरोनाविरुद्ध सबै सचेत बनौँ र यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्दै वाग्मती प्रदेशलाई यसको प्रकोप आउनुभन्दा पहिला नै जोगाउन र सीमान्तकृत चेपाङ समुदायलाई सचेत गराउँदै अभियान नै चलाएका हौँ”, निमित्त प्रमुख एसएसपी दाहालले भन्नुभयो ।”
आम जनतालाई स्वास्थ्यप्रति सजग गराउन अभियान प्रभावकारी बन्ने गाउँपालिका प्रमुख गीता गुरुङले बताउनुभयो । कार्यक्रममा पुरानो मेडिकल कलेज भरतपुरका डा वृद्धिकुमार श्रेष्ठले कोरोना भाइरस, विश्वमा वर्तमान समयमा यसको अवस्था, लक्षण र बच्ने उपायका बारेमा र प्रविधि प्रयोगसहित कोरोनाका बारेमा भिडियो सामग्रीसहित विशेष सचेतना प्रस्तुति प्रदेश प्रमुख दाहालले सहभागी चेपाङ समुदायलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा डा श्रेष्ठसहित जुनियर प्रहरी अधिकृत शिक्षालयकी प्रहरी निरीक्षक डा ऋचा निरौला, पुरानो मेडिकल कलेजका डा वृद्धिकुमार श्रेष्ठ, डा सम्पदा तिवारी, डा प्रकाश अर्याल, डा रोजशकुमार शाहले बिरामीको जाँच गर्नुभएको थियो । सो अवसरमा स्त्रीसम्बन्धी समस्या, हाडजोर्नी नशा तथा मुटुरोगका बिरामी बढी देखापरेको चिकित्सकले जानकारी गराएका थिए । पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कलेजले नै निःशुल्क औषधि तथा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि कलेजमा लगिने कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



