

-
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल निर्माण गर्ने भएको छ । अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एक स्थानीय तह एक अस्पताल’ बनाउने योजनाअनुसार स्वास्थ्यचौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि सम्भाव्यता अध्ययनको कार्य पूरा भएको छ ।
अस्पताल निर्माणका लागि कन्सलटेन्सीमार्फत विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्यलाई अगाडि बढाएको नगरपालिका–४ का अध्यक्ष ज्ञानबहादुर विष्टले बताउनुभयो । तत्कालका लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वास्थ्यचौकीमा रहेका भवनको स्तरोन्नति गरी सेवा सञ्चालनका लागि रु ३८ लाख बजेट परिचालन गरेको छ । प्रदेश मन्त्रालयबाट प्राप्त बजेट परिचालन गरी स्वास्थ्यचौकीका पुरानो भवन स्तरोन्नति गर्न ठेक्का प्रक्रियामार्फत निर्माणको कार्य अगाडि बढाइएको वडा अध्यक्ष विष्टको भनाइ छ ।
सङ्घीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा रु २५ लाखको लागतमा चौबिस घण्टे बर्थिङ सेन्टर भवन निर्माणका लागिसमेत कार्य अगाडि बढाइएको छ । बर्थिङ सेन्टर निर्माणका लागि लाग्ने कूल लागतको २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने अध्यक्ष विष्टले बताउनुभयो ।
स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएपछि सर्वसाधारणले विशषज्ञसहितको चिकित्सकीय सेवा पाउने भएका छन् । पिपलाडीसहित कञ्चनपुरका कृष्णपुर र बेदकोटको दैजी स्वास्थ्यचौकीको समेत स्तरोन्नति गरी अस्पताल बनाउन कार्य अगाडि बढाइएको छ । रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



