

-
दमौली । तनहुँ जिल्लामा करिब २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । चैत १ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको खोप अभियानका क्रममा २८ हजार ७६४ बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
अभियानको क्रममा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा दुई चरणमा अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा चैत १ गतेदेखि ९ गतेसम्म ३७ वडामा र दोस्रो चरणमा चैत १० गतेदेखि १८ गतेसम्म ४८ वडामा अभियान सञ्चालन गरिनेछ ।
पहिलो चरणमा व्यास नगरपालिकाको श्याम्घा, कात्तिकेचौर, सतिस्वाँरा, गजुरे, रिस्ती, शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा, खैरेनीटार, ढोरफिर्दी, फिरफिरे, राईपुर, थप्रेक, भिमाद नगरपालिकाको भानुमति, अरुणोदय, किहुँ, माझकोट, भानु नगरपालिकाको ज्यामरुक, रुपाकोट, चिसापानी, घिरिङ गाउँपालिकाको साभुङहटिया, घिरिङ, गजरकोट र ऋषिङ गाउँपालिकाको रानीपोखरी, राम्जाकोट, कोटदरबारमा अभियान सञ्चालन हुनेछ ।
दोस्रो चरणमा व्यास नगरपालिकाको घाँसीकुवा, पोखरीभञ्ज्याङ, केशवटार, तनहुँसुर, भानु नगरपालिकाको पुरनडिही, वसन्तपुर, पुर्कोट, बन्दीपुर गाउँपालिकाको बन्दीपुर, धरमपानी, आँबुखैरेनी गाउँपालिकाको देउराली, छिम्केश्वरी, म्याग्दे गाउँपालिकाको थर्पु, जामुने, मनपाङ, देवघाट गाउँपालिकाको सिन्च्याङगढी, बैदी, छिपछिपे, कोटा र ऋषिङ गाउँपालिकाको काहुँशिवपुर र भिरकोटमा अभियान सञ्चालन हुनेछ ।
अभियानका लागि ५३० खोप केन्द्र तोकिएका छन् भने २०४ खोपकर्ता परिचालन हुनेछन् । त्यस्तै एक हजार ६० स्वयंसेवक परिचालन गरिने कार्यालयले जनाएको छ । खोप तथा कोल्डचेन स्वास्थ्यकर्मीमार्फत् खोप केन्द्र नजिकका स्वास्थ्य संस्थामा पुर्याइएको छ । समुदायमा दादुरा रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्याई यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पुर्याउन अभियान सञ्चालन गर्न लागिएको हो ।
खोपको पहुँचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महिना संस्थागत खोपकेन्द्र, साविकका गाविसको वडामा कम्तीमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाह्य खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकड क्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तीमा वर्षको चार पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि जिल्लामा स्वास्थ्यकर्मीलाई तालीम तथा अभिमुखीकरण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
सबै घरमा सन्देशमूलक कार्ड
कार्यालयले अभियानकै क्रममा सबै घरधुरीमा सन्देशमूलक कार्ड वितरण गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सन्देशमूलक कार्ड वितरण गर्न लागिएको हो । जिल्लाका ३० प्रतिशत बालबालिका अझै पनि विभिन्न खोप लगाउनबाट वञ्चित भएका छन् ।“अझै पनि खोपबाट बालबालिका वञ्चित रहेकाले उनीहरुलाई खोपको पहुँचमा ल्याउन निमन्त्रणा कार्ड बाँड्ने तयारी गरेका छौँ”, प्रमुख अधिकारीले भन्नुभयो, “कार्ड वितरणपछि छुटेका बालबालिका खोपको पहुँचमा आउने विश्वास गरिएको छ ।” रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



