

-
भक्तपुर । वाग्मती प्रदेश सरकारको ‘एक स्थानीय तह एक कभर्डहल’ कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–७ हात्तीगौँडामा कभर्डहल निर्माण हुने भएको छ । प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतको विशेष पहलमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालसहितको टोलीले कभर्डहल निर्माण क्षेत्रको मङ्गलबार स्थलगत अध्ययन तथा निरीक्षण गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री दुलालले कवर्डहल निर्माणको योजना तत्काल कार्यान्वयनमा ल्याउने उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा भक्तपुर वाग्मती प्रदेशको लागि मात्र नभई सिङ्गो मुलुकको लागि नै मार्गदर्शक भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले भक्तपुरको कुनै पनि जनमुखी योजनालाई यो वा त्यो बहानामा रोक्ने नभई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
सांसद बस्नेतले कवर्डहल निर्माणस्थलका बारेमा मन्त्री दुलाललाई जानकारी गराउँदै भक्तपुरमा जनमुखी योजना निर्माणलाई विशेष प्राथमिकता दिन प्रदेश सरकारसंग आग्रह गर्नुभयो । हात्तीगौँडामै सांसद बस्नेतले क्षेत्र विकास कोष (सांसद कोष)बाट रु ५० लाखको लागतमा फुटसललगायत विभिन्न खेलकूद क्षेत्र निर्माणको लागि शिलान्यास गर्नुभएको थियो । उक्त स्थानलाई पर्यटकीयस्थल तथा खेलकूद क्षेत्रको हबको रुपमा विकास गर्ने लक्ष्यका साथ सांसद बस्नेतले अघिल्लो वर्ष सांसद कोष तथा नगरपालिकाको साझेदारीमा फुटसनको निर्माण सम्पन्न भइसकेको छ ।
सांसद बस्नेतले भक्तपुरको आर्थिक समृद्धिको आधारको रुपमा खेलकूद क्षेत्रलाई विकास गर्ने लक्ष्यका साथ आफूले विभिन्न योजना ल्याएको जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



