

-
कास्की । सेनाको त्रिभुवन आर्मी क्लब सङ्कटा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज प्रतियोगिताको अन्तिम क्वाटरफाइनलको खेलमा विभागीय टोली आर्मीले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरी सङ्कटालाई निराश बनाएको हो । खेलको १५औँ मिनेटमा नवयुग श्रेष्ठको क्रस पासलाई सदुपयोग गर्दै सुदील राईले आर्मीलाई खेलमा अग्रता दिलाउनुभयो । राईले पेनाल्टी एरियाबाट हानेको प्रहार सङ्कटाका गोलकिपर राजा बाबु थापाको खुट्टामा लाग्दै बल पोष्टभित्र छिरेको थियो ।
खेलको ७१औँ मिनेटमा सन्तोष तामाङले मैदानको दायाँ साइडबाट प्रहार गरेको कर्नर किकलाई विकास तामाङले हेड गर्नुभएकोमा केही क्षण हुलमुलको अवस्थामा खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित आर्मीका नवयुग श्रेष्ठले बललाई पोष्टको दिशा दिँदै टोलीको अग्रता दोब्बर पार्नुभयो ।
खेलको ६८ औँ मिनेटमा सुदील राइको स्थानमा मैदान प्रवेश गर्नुभएका विवेक बस्नेतले दोस्रो गोल भएको चार मिनेटपछि गोल गर्न सफल हुनुभयो । मैदानको बायाँ साइडबाट सेसेहाङ आङ्देम्बाले दिएको लामो पासलाई दायाँ साइडबाट एक्लै अघि बढाउँदै पेनाल्टी क्षेत्रबाट बस्नेतको कडा प्रहार सिधैँ गोलमा परिणत भएको हो ।
पहिलो हाफमा आर्मीलाई दबाबमा राखेको सङ्कटाले केही गोल गर्ने मौका प्राप्त गरेपनि सदुपयोग गर्न सकेन । दोस्रो हाफमा भने आर्मीले छरितो खेल पस्कदै लगातार विपक्षीको पोष्टमा आक्रमण बुनेको थियो । आर्मीले अब फागुन २९ गते मनाङ मस्र्याङदी क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
आहा रारामा हालसम्म १४ पटक प्रतियोगितामा सहभागिता जनाएको आर्मीले हालसम्म उपाधि जित्न सकेको छैन । आर्मी प्रतियोगिताको सातौँ, आठौँ, १४ औँ र १७ औँ संस्करणमा फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन । सङ्कटाले हालसम्म चार पटक प्रतियोगितामा सहभागिता जनाएकामा सेमिफाइनलभन्दा माथि जान सकेको थिएन ।
खेलपछिको पत्रकार सम्मेलनमा आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले महत्वपूर्ण खेलाडीहरु राष्ट्रिय टोलीको प्रशिक्षणपछि पहिलोपटक सहभागिता जनाएकाले सेट पिसमा अभ्यास गर्न नपाउँदा पहिलो हाफमा दवाव महसुस भएको बताउनुभयो । उहाँले दोस्रो हाफमा लय मिलेको र खेल राम्रो भएको बताउनुभयो । पहिलो हाफमा मिडफिल्डमा बढी ‘मिस पास’ भएको उहाँको भनाइ थियो ।
दोस्रो हाफको जस्तै प्रदर्शन सेमिफाइनलमा दोहो¥याउँदै फाइनल प्रवेश गरेर उपाधि जित्ने टोलीको लक्ष्य रहेको प्रशिक्षक न्यौपानले उल्लेख गर्नुभयो । “शहीद स्मारक लिगमा उपाधि जितेर इतिहास रच्ने अवसर गुमाएका छौँ । अब आहा राराको उपाधि जित्दै विसं २०७६ को बिदाइ गर्न चाहन्छौँ ।” प्रशिक्षक न्यौपानेले भन्नुभयो ।
सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले शुरुआति १५ मिनेटमा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्नु नै टोलीको पराजयको कारण रहेको बताउँदै दोस्रो हाफमा खेलाडी परिर्वतन गरेर आक्रामक खेल प्रस्तुत गरेपनि सफल नभएको बताउनुभयो । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबका बीचमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक सहारा क्लबले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



