

-
भक्तपुर । भक्तपुरको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा यहाँ खाद्यान्नमा कालोबजारी बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरिरहँदा भक्तपुरको मुख्य बजारमा भने नुन, चिनीदेखि ग्यासको अभाव हुन थालेको छ ।
चीनको वुहानबाट फैलिएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासमा खाद्यान्नको आयात रोकिने भयले खाद्यान्नको माग ह्वात्त बढेपछि अहिले भक्तपुरको बजारमा नुन, चिनी र ग्यासको अभाव भएको छ भने अन्य खाद्यान्नमा व्यापारीले मनोमानी मूल्य असुल्न थालेका छन् ।
भक्तपुरमा कालोबजारी नियन्त्रण गर्ने गरी सोमबारसम्म जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बजार अनुगमन गरेका छैनन् । भक्तपुरको बजारमा मास्क, स्यानेटाइजर, चिनी, नुन र ग्यास नपाएपछि उपभोक्ता यसका लागि भौतारिएका छन् ।
भक्तपुरको जगातेदेखि नुन र चिनी लिनका लागि मध्यपुरथिमि राधेराधेको भाटभटेनी सुपरमार्केटमा आउनुभएकी रमिता श्रेष्ठले यहाँ पनि नुन र चिनी नपाएको बताउनुभयो । “भक्तपुरको मुख्यमुख्य बजारमा तीन दिनदेखि गइसके, नुन, चिनी र ग्यास पाइँन”, उहाँले भन्नुभयो “भाटभटेनीमा पाइन्छ भनेर आको, यहाँ पनि एक सातादेखि सिद्धिएको छ आएको छैन भन्छन्, समस्या पो पर्ने हो ।”
भाटभटेनी सुपरमार्केटमा मात्रै नभई विभिन्न खाद्य पसल सञ्चालकलाई यतिखेर भ्याइनभ्याइ छ । न्यू खाद्य स्टोरका सञ्चालक प्रवीण श्रेष्ठले केही दिनयता चामल, दाल, गेँडागुडीमा केही प्रतिशत मूल्यवृद्धि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बजारमा खाद्यान्नको माग एकदमै बढ्यो, पुराना स्टक सामान सकियो, नयाँ सामान ल्याउँदा होलसोल मै मूल्य बढ्यो अनि हामीले पनि बढाउन बाध्य भयौँ ।” दालमा प्रतिकिलो रु १० देखि रु २५ सम्म मूल्यवृद्धि भएको बताउँदै उहाँले नुन र चिनी आफ्ना नियमित आउने ग्राहकलाई पनि दिन नसकेको बताउनुभयो ।
मध्यपुरथिमि कौशल्टार मिनीमार्टका सञ्चालक पवन थापाले नुन र चिनी बजारमा कतै पनि नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सामान ल्याउने डिलरले नै नुन र चिनी पठाएको छैन, चिनी किलोको रु १०० दिन्छु भने पनि छैन, ग्यास त झन अभाव छ ।” विशेष गरी रेष्टुराँ, होटल र ठूला औद्योगिक कार्यालयले महँगो रकम तिरेर धेरै सङ्ख्यामा ग्यास लैजाँदा उपभोक्ताले अभाव झेल्नुपरेको ग्यास व्यापारी बताउँछन् ।
बजारमा नुन, चिनी र ग्यास नपाए पनि चामल, दाल, तेलको मूल्य भने आकाशिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बजारमा कालोबजारी बढेको र सामानको अभाव सिर्जना भएको गुनासो सुनेको बताउँदै बजार अनुगमनको तयारी भइरहेको जानकारी दिनुभयो ।
भक्तपुर सूर्यविनायकको ग्यास विक्रेताले हल्लाकै भरमा एकैदिन २०० खाली ग्यास सिलिण्डर आएर थुप्रिएको बताउँदै चार दिनदेखि ग्यास नआउँदा उपभोक्तालाई दिन नपाएको बताउनुभयो । ग्यास विक्रेता सुमन काफ्लेले भन्नुभयो, “एउटैले चार वटासम्म ग्यास मागेका छन्, एउटालाई एउटाको दरले ग्यास दिन पनि सकिएको छैन, सरकार ग्यास जति भए पनि छ भन्छ, हामीले उपभोक्तालाई दिन पाएको छैनौं, सरकारले सबै डिपोमा छापा मारे लुकाएको भए ग्यास आफैँ बाहिर आउँछ ।” उपभोक्ता भने ग्यास, चिनी, नुनको अभाव छैन भने सरकारले स्थानीय तहसँग समन्वय गरी प्रत्येक घरपरिवारका लागि वडावडामा लगेर सरकारले निर्धारण गरेको मूल्यमा वितरण गर्नुपर्ने बताउँछन् । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २७, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



