

-
राँझा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको ग्रामीण सीमानाका कटकुइँयास्थित सुइयामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ । नरैनापुर गाउँपालिकाको सहयोगमा सोमबारदेखि सञ्चालनमा आएको सो कक्षमा भारतबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो । आवश्यक औषधि, उपकरण र पूर्वाधारसहित स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । सो कार्यालयले भारतसँगको अन्य सीमावर्ती नाकामा समेत सो सहायता कक्ष स्थापनाको तयारी गरेको जनाएको छ ।
भारतसँगको मुख्यनाका जमुनाहामा एक महिनाअघिदेखि नै सो कक्ष स्थापना गरी जाँच हुँदै आएको छ । नेपालगञ्ज विमानस्थलमा गत हप्तादेखि जाँच कक्ष शुरु गरिएको थियो । नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि कोरोनाको आशङ्कामा आउने बिरामीलाई उपचारका लागि विशेष व्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै आइसोलेसन वार्डको व्यवस्था गरी पाँच श्यया मिलाइएको छ । अस्पतालमा अहिलेसम्म कोरोनाकै आशङ्कामा कुनै पनि बिरामी परीक्षणका लागि आएका छैनन् ।
सो भाइरसको जोखिमको हल्लासँगै नेपालगञ्जमा लाग्दै आएको होली बजारमा प्रभाव परेको छ । होली बजारमात्रै नभई अन्य बजारमा समेत अत्यावश्यकबाहेक अन्य खरिद बिक्री कम भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताउनुभयो । नेपालगञ्जमा हरेक वर्ष होलीलाई लक्षित गरी गरिने कार्यक्रम पनि स्थगित भएका थिए ।
News Desk 0 response मङ्लबार, फाल्गुन २७, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



