![](https://janaprashasan.com/wp-content/uploads/2022/11/nmb-1200-120.gif)
![](https://janaprashasan.com/wp-content/uploads/2024/01/1200-x-100-_digital-sansar.gif)
-
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।
लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि सो कक्ष सोमबारदेखि सञ्चालनमा ल्याएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिनुभयो । सो कक्षमा दुई स्वास्थ्यकर्मी खटाइएको भए पनि आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने उहाँले बताउनुभयो ।
सोही मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाको टोलीले टीकापुर अस्पताल र खक्रौँलानाकामा स्थापना गरिएको स्वास्थ्य सहायताकक्षको अनुगमन गरेको छ । सो अस्पतालमा छुट्टै १५ आइसोलेशन वार्ड स्थापना भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा सरोकारवालाको उपस्थितिमा आइतबार बसेको बैठकले कोरोनाको सङ्क्रमण प्रदेशमा पनि देखिनसक्ने जोखिमलाई ध्यान दिँदै पहिचान, उपचार, रोकथाम र व्यवस्थापन गर्न विभिन्न ११ वटा निर्णय गरेको थियो । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २७, २०७६
![](https://i1.wp.com/janaprashasan.com/wp-content/uploads/2021/02/Health-Kosh-_-Final.gif)
![](https://janaprashasan.com/wp-content/uploads/2020/01/GP__Koirala__gif__Final-1.gif)
सम्बन्धित शीर्षकहरु
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१