-
भक्तपुर । भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुन्ड्याएका छन् ।
औषधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँस्नुपरेको साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापति बताउनुहुन्छ । मास्क हुँदा रु १० सम्म बिक्री गरेको तर एक सातादेखि नआएपछि बिक्री गर्न नपाएको र अहिले १०० भन्दा बढी मानिस मास्क खोज्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।
आरती फर्माका सञ्चालक सुविन श्रेष्ठले दुई सातादेखि मास्क बिक्री गर्न नपाएको बताउनुहुन्छ । “कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन, एक बट्टामा ५० थान मास्क हुन्छ, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो”, उहाँले भन्नुभयो ।
च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठ डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र अन्य औषधिको पनि अहिले माग बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी ह्यान्ड सेनिटाइजर, उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम, रुघाखोकी, ज्वरोको औषधि लिन आउने ह्वात्तै बढेका छन् ।”
उत्पादक कम्पनीले चीनलगायतका देशमा महङ्गोमा मास्क निर्यात तथा र नेपालको बढ्दो मागको आपूर्ति नगर्ने गर्दा बजारमा अहिले मास्क र ह्यान्ड सेनिटाइजरको अभाव चुलिएको बताइएको छ । काठमाडौँको बजारमा मास्क र ह्यान्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मारेर कारवाही गर्न थालेपछि यहाँका व्यापारीले मास्क छैन भन्ने सूचना टाँस गरेर राखेका हुन् ।
यहाँको सिङ्गो बजारमा यतिखेर मास्क र ह्यान्ड सेनिटाइजर छैन । सरकारीदेखि निजी अस्पतालसम्म र मेडिकलदेखि क्लिनिकसम्म पुग्दा पनि पाइँदैन । समाचार रिपोर्टिङको क्रममा जिल्लाका शहरी क्षेत्रका छ अस्पताल ४० औषधि पसलमा पुग्दा कतै पनि मास्क र ह्यान्ड सेनिटाइजर छैन । सबैबाट सकियो, छैन भन्ने जवाफ आउने गरेको पाइन्छ ।
जिल्ला अस्पतालमा मास्क र ह्यान्ड सेनिटाइजर लिन आएका भोलाछेँका रामसुन्दर श्रेष्ठले जिल्लामा कतै पनि ती सामग्री नपाएको बताउनुभयो । बीमाको औषधिमा समेत ठूलै लाइन लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “कोरिया नेपालमैत्री अस्पताल ठिमीमा बिमाको औषधि लिनेको घुइँचो छ, भक्तपुर अस्पतालमा पनि त्यस्तै देखेँ, औषधि आउँदैन भन्ने हल्लाले उपभोक्ता नै चार महिनासम्मलाई पुग्ने औषधि लान थालेको पाएँ ।”
बीमाका औषधि चिकित्सकको सिफारिशभन्दा बढी दिन नपाइने भएपछि कतिपय बिरामी र आफन्तले चिकित्सकलाई दुई महिना, तीन महिनाका लागि औषधि लेखिदिनुस् न भन्ने गरेको भक्तपुर अस्पतालका चिकित्सकले बताउँछन् । एक सातायता बीमाको औषधि लिनेको भीड लाग्ने गरेको सो अस्पताल र नेपाल कोरियामैत्री अस्पतालले जानकारी दिएको छ ।
औषधि व्यापारी पनि डिलरले औषधि कम पठाउन थालेको बताउँछन् । भक्तपुरमा औषधि व्यवसाय सञ्चालन गर्दै आउनुभएका रामकुमार थापाले डिलर र उत्पादकले नै औषधि कम पठाउन थालेपछि औषधिमा समेत कालो बजारी बढ्न थालेको बताउनुहुन्छ ।
मध्यपुरथिमिमा औषधि व्यापार गर्दै आउनुभएका क्लिनिक सञ्चालक राजेन्द्र श्रेष्ठले मिडियाले हल्ला फैलाएपछि समस्या आएको गुनासो गनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ हल्लाको भरमा मान्छे लाग्दा अहिले मूल्य निर्धारण भएर आउने औषधिमा समेत कालोबजारी हुन थालेको छ ।” भारतले औषधि रोक्यो, औषधि अभाव हुन्छ समाचार आएपछि माग बढेको उहाँको भनाइ छ ।
जिल्ला अहिलेसम्म बजार अनुगमन नहुँदा केही औषधि व्यापारीले एक/दुई महिना मात्रै म्याद रहेका औषधि र कतिपय म्याद गुज्रेका औषधिसमेत बिक्री गर्न थालेको उपभोक्ता गुनासो गर्छन् । उपभोक्ता सचेत नहुँदा अझै पनि अन्तिम मिति हेरेर औषधि नलैजाने गरेकाले उपभोक्ता सजिलै ठगिने क्रम पनि बढेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि बजारअनुगमन गर्ने बताउनुहुन्छ । रासस
News Desk 0 response आइतवार, फाल्गुन २५, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि
सोमवार, पुस २२, २०८१-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१