

-
दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रण्डसीप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा व्यास नगरपालिका–३ स्थित रिभरसाइड युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका–१ स्थित दोभान युवा क्लबले उपाधि जितेको हो ।
प्रतियोगितामा खेलको आठौँ मिनेटमा दोभानका लागि जर्सी नं १४ का विकास श्रेष्ठले पहिलो गोल गर्नुभएको थियो । बाह्रौँ मिनेटमा रिभरसाइडका जर्सी नं ११ का दिपेश आलेले एक गोल गरेर खेललाई बराबरीमा ल्याउनुभयो । खेलको १८औँ मिनेटमा दोभानका श्रेष्ठले पुनः एक गोल गर्दै टिमलाई जिताउनुभयो ।
प्रतिस्पर्धात्मकरूपमा भएको खेलका विजेता रिभरसाइडले रु एक लाख ११ हजार १११ र ट्रफी हात पार्न सफल भएको छ भने उपविजेता रिभरसाइडले रु ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी रिभरसाइडका सरोज योञ्जन, सर्वाधिक गोलकर्ता रिभरसाइडकै दिपेश आले र उत्कृष्ट गोलरक्षक दोभान युवा क्लबका शिव श्रेष्ठ घोषित हुनुभयो ।
शनिबार नै भएको सेमिफाइनलमा बागबजार युवा क्लबलाई ३–१ ले पराजित गर्दै रिभरसाइड फाइनलमा प्रवेश गरेको थियो भने ठूलोगाउँ युवा क्लबलाई २–० ले पराजित गर्दै दोभानले फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले युवाको प्रतिभा प्रस्फुटन गर्न खेलकूदले सहयोग पु¥याएको चर्चा गर्दै गाउँपालिकाले गर्नुपर्ने काम युवा क्लबले गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । युवालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले फागुन १८ गतेदेखि शुरु भएको प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष दुर्गाराज थापाले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, फाल्गुन २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



