

-
राँझा । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च सतर्क रहन निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार, जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी भएको छ । कोरोना भाइरसबाट जिल्लावासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, स्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई सतर्क अवस्थामा रहन निर्देशन जारी गरिसकेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।
‘बाँकेवासीलाई कोरोना भाइरसबाट जोगाउन चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेका छौँ, एक साताअघिनै सबै सरोकारवाला पक्षसँग यसबारेमा छलफल गरी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरिसकेका छौँ ।”, प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो । कोरोना भाइरस नेपाल भित्रिन नदिन नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकामा परीक्षण कक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण हुँदै आएको छ ।
विमानस्थलमा परीक्षण कक्ष
नेपालगञ्ज विमानस्थलमा कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिएको छ । स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलबाट बाहिरिने र नेपालगञ्ज भित्रिने हवाई यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो । विमानस्थल प्रवेशद्वारमा स्थापना गरिएको परीक्षण कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ ।विमानस्थलमा आगमन तथा प्रस्थानमा आउने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका प्रमुख ठाकुरको भनाइ थियो । बाँके प्रशासनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मेला महोत्सव, भेला, प्रदर्शनी र भीडभाड नगर्न निर्देशन दिएको छ । कोरोना भाइरसकै कारण नेपालगञ्जको सडकमा गरिने भनिएको सडक खाना महोत्सव स्थगित भएको छ ।कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी सङ्घ संस्थाका साथसाथै राजनीतिक पार्टीले समेत धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् । रासस
News Desk 0 response शनिबार, फाल्गुन २४, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



