

-
गलकोट । दुवै मिर्गौला काम नलाग्ने भएर उपचारका लागि सहयोगको याचना गर्नुभएका बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराका बिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सुनौलो बागलुङ संस्थाका संस्थापक शिव श्रीस, नेपाली काँग्रेस जैमिनी नगरपालिकाका सचिव तथा युवा नेता पुरन श्रीस र जोजो क्षेत्रीको पहलमा स्वदेश विदेशमा सङ्कलित रु पाँच लाख पाँच हजार ८०५ रकम उपचारमा सहयोग पु¥याउन मिर्गौला पीडित थापाका बुबा मनबहादुरलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
दुवै मिर्गौला काम नलाग्ने भएपछि २२ वर्षीया बिन्दुको हाल भारतको नयाँ दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ । फेसबुकमा सुनौलो बागलुङ नामक संस्थामार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका ती युवाले थापाको उपचारमा आर्थिक अभाव भएपछि बिन्दु बचाउ अभियान चलाएका थिए ।
फागुन १ गतेदेखि सञ्चालन गरिएको अभियानमा देश तथा विदेशमा रहेका जैमिनीवासी र शुभेच्छुक झण्डै १०० ले सहयोग गरेको अभियन्ता पुरन श्रीसले जानकारी दिनुभयो । “पीडितलाई उपचारमा आर्थिक अभाव भएका कारण स्वतःस्फूर्तरुपमा सहयोग अभियान सञ्चालन गरेका थियौँ ।” श्रीसले भन्नुभयो, “सबैको सहयोगले गर्दा थापाको उपचारमा सहयोग पुग्नेछ ।”
श्रीसका अनुसार हङकङमा कार्यरत जैमिनीवासी र अन्य विभिन्न क्षेत्रका प्रवासीले यसअघि नगद रु एक लाख ११ हजार सहयोग गरेका थिए । पीडित बिन्दुका बुबा मनबहादुरका अनुसार हालसम्म उपचारमा रु छदेखि सात लाख खर्च भइसकेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोगको अपिल गरिएको थियो । रासस
News Desk 0 response शनिबार, फाल्गुन २४, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



