

-
गलकोट । दुवै मिर्गौला काम नलाग्ने भएर उपचारका लागि सहयोगको याचना गर्नुभएका बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराका बिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सुनौलो बागलुङ संस्थाका संस्थापक शिव श्रीस, नेपाली काँग्रेस जैमिनी नगरपालिकाका सचिव तथा युवा नेता पुरन श्रीस र जोजो क्षेत्रीको पहलमा स्वदेश विदेशमा सङ्कलित रु पाँच लाख पाँच हजार ८०५ रकम उपचारमा सहयोग पु¥याउन मिर्गौला पीडित थापाका बुबा मनबहादुरलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
दुवै मिर्गौला काम नलाग्ने भएपछि २२ वर्षीया बिन्दुको हाल भारतको नयाँ दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ । फेसबुकमा सुनौलो बागलुङ नामक संस्थामार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका ती युवाले थापाको उपचारमा आर्थिक अभाव भएपछि बिन्दु बचाउ अभियान चलाएका थिए ।
फागुन १ गतेदेखि सञ्चालन गरिएको अभियानमा देश तथा विदेशमा रहेका जैमिनीवासी र शुभेच्छुक झण्डै १०० ले सहयोग गरेको अभियन्ता पुरन श्रीसले जानकारी दिनुभयो । “पीडितलाई उपचारमा आर्थिक अभाव भएका कारण स्वतःस्फूर्तरुपमा सहयोग अभियान सञ्चालन गरेका थियौँ ।” श्रीसले भन्नुभयो, “सबैको सहयोगले गर्दा थापाको उपचारमा सहयोग पुग्नेछ ।”
श्रीसका अनुसार हङकङमा कार्यरत जैमिनीवासी र अन्य विभिन्न क्षेत्रका प्रवासीले यसअघि नगद रु एक लाख ११ हजार सहयोग गरेका थिए । पीडित बिन्दुका बुबा मनबहादुरका अनुसार हालसम्म उपचारमा रु छदेखि सात लाख खर्च भइसकेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोगको अपिल गरिएको थियो । रासस
News Desk 0 response शनिबार, फाल्गुन २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र
सोमवार, कार्तिक १८, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२



