

-
काठमाडौँ । नेपालका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जर्मनीको बर्लिनमा जारी योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजबाट बाहिरिएका छन् । बर्लिनमा गएराति भएको प्रि–क्वाटरफाइनलमा दाहाल पराजित भएका हुन् ।
पुरुष यु–१९ एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ सेटमा पराजित भएका हुन् । पहिलो सेटमा उनले फ्रान्सेली खेलाडी गौडिनलाई २१–१८ अङ्कले हराएका थिए । दोस्रो र तेस्रो सेटमा भने उनले कम ब्याक गर्न सकेनन् । प्रिन्सले दोस्रो सेट १२–२१ अङ्कले तथा तेस्रो सेट पनि १२–२१ अङ्कले नै गुमाएको जर्मनीमै रहेका उनका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । यसयसअघि उनले लगातार तीन खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका थिए ।
प्रिन्सले पहिलो खेलमा जर्मनीका कियन यु ओइलाई २–१ सेटमा तथा दोस्रो खेलमा अष्ट्रियाका लेनी सुदर्मालाई २–० ले तथा तेस्रो खेलमा जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमै पराजित गरेका थिए । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्ग्लिस बोर्डिङ स्कूलमा नौ कक्षामा अध्ययनरत छन् ।
प्रिन्स गत साता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा पनि प्रि–क्वाटरफाइनलबाटै बाहिरिएका थिए । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेयका खेलाडीसित पराजित भएका हुन् । विश्व ब्याडमिन्टन सङ्घले गत साता जारी गरेको जुनियरतर्फको विश्व बरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका थिए । यो नेपाली ब्याडमिन्टल खेलाडीको हालसम्मकै ठूलो सफलता हो । रासस
News Desk 0 response शनिबार, फाल्गुन २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


