

-
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुर्याउनुपर्ने कुराबारे चेतना फैलाउने उहाँले बताउनुभयो ।
वडा नं १७ को गङ्गोलिया स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्याल्सियम चक्की वितरण गरी गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्याल्सियम निःशुल्क दिने निर्णय गरेको थियो । एक जना महिलाका लागि गर्भधारण गरेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम चाहिने स्वास्थ्यकर्मी बताउँछन् । नगरवासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन नगरपालिकाको आन्तरिक स्रोतबाट निःशुल्क क्याल्सियम र पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो । पोषणमा सबैको पहुँच पुर्याउन यो कार्यक्रमले चेतना अभिवृद्धि गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । भौतिक निर्माण मात्र विकास होइन महिला र शिशुको स्वास्थ्य सुधार गर्नु पनि विकास हो भन्ने मान्यतासाथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख चौधरीले कार्यक्रमबाट लाभ लिन सम्पूर्ण गर्भवतीलाई आग्रह गर्नुभयो ।
गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनेलाई पौष्टिक आहार दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताउनुभयो । गर्भवती महिलाले अरु बेलाको तुलनामा पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको उहाँले बताउनुभयो ।
पौष्टिक आहारमा घ्यू, चना, मसुरो, नरिवल, छोडा, आयोनुन, ज्वानो, साबुन राखिएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले तिलोत्तमाले शुरु गरेको सुत्केरीलाई थप प्रोत्साहन भत्ता, निःशुल्क क्यालसियम, पौष्टिक आहार वितरणजस्ता कार्यक्रमले मातृशिशु मृत्युदर कम गराउने बताउनुभयो । यस्ता कार्यक्रमले गर्भावस्थामा चारै पटक गर्भ जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने उहाँको भनाइ थियो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २३, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



