

-
काठमाडौँ । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा लगातार दोस्रो जित निकालेका छन् । जर्मनीको बर्लिनमा बिहीबार भएको पुरुष यु–१९ एकलतर्फको खेलमा प्रिन्सले जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमा पराजित गरे ।
जितसँगै प्रिन्स अन्तिम ३२ मा पुग्न सफल भएको जर्मनीमै रहेको उनका ब्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । प्रिन्सले उक्त खेलमा जर्मनीका खेलाडी २१–१३ र २१–१२ अङ्कले पराजित गरेका थिए । यसअघि उनले अष्ट्रियाका लेनी सुदर्मालाई २–० सेटमा पराजित गरेका थिए । यसअघि प्रिन्सले यसैसाता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएका थिए । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसित पराजित भएका थिए । विश्व ब्याडमिन्टन सङ्घले मङ्गलबार जारी गरेको जुनियरतर्फको विश्व वरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका थियो । यो नेपाली ब्याडमिन्टन खेलाडीको हालसम्मकै ठूलो सफलता हो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



