-
जाजरकोट । आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीलाई गर्भजाँच गर्न निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरेको हो । भिडियो एक्स–रे गरी गर्भजाँच गर्ने अधिकांश महिलाले जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरेको बताएका छन् ।
भेरी–११ कट्टी गाउँकी रमिता कामीले भन्नुभयो, “भिडियो एक्स–रे कस्तो हुन्छ भन्ने थाहा थिएन, अहिले पहिलोपटक गाउँमै आफैंँले सेवा लिएर थाहा पाए, हामीसँग पैसा नभएका कारण भिडियो एक्स–रे गर्ने चाहना हुँदाहुँदै पनि घरमा बस्नु परेको थियो ।” उहाँ जस्तै अर्की तुली विक अहिले दोस्रोपटक गर्भजाँच गर्न जगतिपुर स्वास्थ्य चौकीमा आउनुभएको छ । “पहिलोपटक जाँच नगरी छोरीको जन्म दिए, अहिले नगरपालिकाले भिडियो एक्स–रे गर्दैछ भन्ने सुनेर भिडियो एक्स–रे गर्न आए”, उहाँले भन्नुभयो, “यो वर्षदेखि नियमित गर्भजाँचदेखि भिडियो एक्स–रेसम्म गर्न पाइयो, असाध्यै खुशी लागेको छ ।”
अहिले नगरपालिकाले १४ वटै वडामा गर्भवतीको स्वास्थ्य परीक्षणका साथै भिडियो एक्स–रे सेवा गर्दै आएको छ । सुरक्षित मातृत्व कायम गरी नवजात शिशुको मृत्युदर घटाउन यो अभियान चालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । पैसाको अभावमा कोही गर्भवतीको स्वास्थ्य जाँच गर्न समस्या नहोस् भनी नगरपालिकाले यस्ता खालका कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ ।
नगर प्रवक्ता पार्वती विक भन्नुहुन्छ, “आमा र शिशुको पोषण सुधार गर्नका लागि गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गर्दै गर्दा हाम्रो बीचमा डरलाग्दो बालविवाहको दृश्यसमेत देखिएको छ ।” गर्भवती जाँच गराउने अधिकांश १६ वर्ष देखि २० वर्ष मुनिका रहेका जाँचमा संलग्न चिकित्सक भुपेन्द्रप्रकाश मल्लले जानकारी दिनुभयो ।
बालविवाह न्यूनीकरणको अभियान चलाइरहँदा गाउँगाउँमा बालविवाहको अवस्था झन् डरलाग्दो भएको पाइएको चिकित्सक मल्लको भनाइ छ । गाउँमा सुत्केरी हुने मध्ये अधिकांश महिला नियमित गर्भजाँच नगराउने तर समस्या परेको बेला मात्र स्वास्थ्य संस्थाको मुख ताक्ने अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
आर्थिक रुपमा सबल भएका परिवारले मात्र भिडियो एक्स–रेको पहुँचमा रहेका समेत पाइएको छ । एक पटक भिडियो एक्स–रे गर्न जाँदा र आउँदा मात्र रु पाँच हजारभन्दा बढी खर्च हुने वडा नं १० कालाभुरकी रामकली पुनले बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन २२, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि
सोमवार, पुस २२, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१