

-
मङ्गलबारे । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो ।
खेलको १९औँ मिनेटमा मच्छिन्द्र क्लबका रेजिन सुब्बाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २१औँ मिनेटमा रजिन धिमालले प्रहार गरेको कर्नरमा मच्छिन्द्रका विदेशी खेलाडी अडेलाजा सोमेडेले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । मच्छिन्द्रका रजिन सुब्बाले नै खेलको ८७औँ मिनेटमा तेस्रो गोल गरेका थिए ।
खेलको ‘म्यान अफ दि म्याच’ मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित हुँदै रु १० हजार प्राप्त गरे । यससँगै माइभ्यालीको छैटौँ संस्करणबाट चारवटै विदेशी टिम बाहिरी सकेका छन् । बिहीबार आयोजक माइभ्यली फुटबल क्लब र त्रिभुवन आर्मीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । यही फागुन २४ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले रु आठ लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ । रासस
News Desk 0 response बुधबार, फाल्गुन २१, २०७६

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



