

-
काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।
बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यस जीतसँगै नेपालले टि ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो जीत हासिल गरेको हो । यसअघि गत जुलाईमा सिङ्गापुरमा भएको आइसिसी टि ट्वान्टी एशिया रिजन छनोटमा कुवेतले प्रस्तुत गरेको १४२ रनको लक्ष्य नेपालले १५ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जीतमा शुरुआती ब्याट्सम्यान कुशल मल्लले अविजित रहँदै ३६ रनको योगदान दिनुभयो । त्यसैगरी पवन सर्राफले अविजित २७ रन बनाउँदा पारस खड्काले ९ रन जोड्दै बाहिरिनुभयो ।
बलिङतर्फ थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिनुभयो । त्यसअघि टस पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो ।
थाइल्याण्डका लागि हेन्नो जोर्डन र फिरियापोङ सुआनचुईले समान १३/१३ रन जोड्नुभयो भने नाभिद पठानले ८ तथा जिउल हकले ५ रन बनाउनुभयो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ३ विकेट लिनुभयो भने अविनाश बोहराले २ विकेट तथा भुवन कार्की र सन्दीप लामिछानेले १÷१ विकेट लिनुभयो ।
जीतसँगै नेपालले ३ खेलमा २ अङ्क जोडेको छ भने शीर्ष दुईमा रहँदै एशिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ तर नेपालको एशिया कप छनोट हुने सम्भावना भने अन्य टोलीको खेलमा भर पर्नु पर्नेछ । आजै हुने अर्को हङकङ र सिङ्गापुरविरुद्धको खेलमा हङकङले सिङ्गापुरलाई हराएको खण्डमा नेपालको एशिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ तर सिङ्गापुरले खेल जितेमा नेपालको एशिया कप छनोट खेल्ने सम्भावना समाप्त हुनेछ ।
यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो । यता थाइल्याण्डको भने यो लगातार चौथो हार हो । नेपालले अब आफ्नो अन्तिम खेल शुक्रबार सिङ्गापुरसँग खेल्ने छ । रासस
News Desk 0 response बुधबार, फाल्गुन २१, २०७६


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो
बिहिबार, चैत्र ६, २०८१-
अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१