

-
खाँदबारी । मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट अस्पतालबाट सोमबार उद्धार गरिएको हो ।
गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका–१ को इखुवाखोला जलविद्युत् आयोजनामा काम गर्ने मजदुरबीच विवादले उग्ररुप लिई कुटाकुट हुँदा छुट्याउन गएका जीवनलाई एक समूहले टाउको र घाँटीमा रड प्रहार गर्दा उनी गम्भीर घाइते भए । गम्भीर घाइते जीवनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगियो तर उनको धरानमा उपचार सम्भव नभएपछि मोरङको विराट अस्पताल सिफारिस गरिएको थियो ।
घाइते जीवनलाई उद्धार गर्न गृह मन्त्रालयबाट रु पाँच लाख र खाँदबारी नगरपालिकाबाट रु एक लाख सहयोग गरिएको सांसद राजेन्द्र गौतमले जानकारी दिनुभयो । जीवनलाई उद्धार गर्न पूर्वगृहसचिव प्रेमकुमार राई र सांसद गौतमको पहलमा गृह मन्त्रालयबाट रु पाँच लाख सहयोग भएको हो ।
टाउको र घाँटीमा गम्भीर चोट लागेका जीवन आठ महिनादेखि मोरङको विराट अस्पतालमा बन्धक थिए । उपचार गरेको रकम तिर्न नसक्दा अस्पतालले उनलाई बन्धक बनाएको थियो । घाइते जीवनको घाँटीको शल्यक्रिया, औषधि र खाना खर्च रु आठ लाख बढी पुगेको थियो । जीवनको उपचारवापतको खर्च भुक्तानी गरेपछि मात्र अस्पतालले सोमबार डिस्चार्ज दिएको हो ।
जीवनलाई उद्धार गरेर अहिले धरानमा राखिएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो । जीवनको उद्धार गर्न सङ्खुवासभाका प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ र नगरप्रमुख खतिवडा सोमबार विराट अस्पताल मोरङ पुग्नुभएको थियो । जीवनको उपचार खर्च, औषधि र खानाको रु सात लाख रकम भुक्तानी गरेर सोमबार उद्धार गरिएको नगरप्रमुख खतिवडाले बताउनुभयो ।
उनको दोस्रो चरणको शल्यक्रिया गर्न उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भएको नगरप्रमुख खतिवडाले जानकारी दिनुभयो । घाँटीमा गहिरो चोट लागेकाले श्वास फेर्न प्वाल पारेर पाइप हालिएका कारण जीवन बोल्न नसक्ने अवस्थामा छन् । चिकित्सकका अनुसार दोस्रो चरणको उपचार शिक्षण अस्पतालमा मात्रै हुने र सो उपचारपछि मात्रै आवाज आउने छ ।
जीवनलाई सहयोग गर्न विभिन्न सङ्घसंस्था र व्यक्ति सक्रिय भएर लागेका थिए । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका जीवन उपचार खर्च तिर्न नसक्दा लामो समयदेखि अस्पतालमै बन्धक भएर बसेका थिए । आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही रु पाँच हजार धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन् ।
जीवन परिवारका माइला छोरा हुन् । आमा बितेपछि परिवारमा बुबा, एक दाजु, दिदी र दुई भाइ थिए । उपचार खर्च तिर्न नसकेर भाइ अस्पतालमै बन्धक भएको भन्दै ऋण खोज्नका लागि भौँतारिरहेका दाजु नवीनले पनि त्यही तनावका कारण गत कात्तिक अन्तिम साता आत्महत्या गरेका थिए । रासस
News Desk 0 response बुधबार, फाल्गुन २१, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



