

-
सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुलाई रु ३० लाख बराबरको उपकरण प्राप्त भएको छ । प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश नं १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको पहलमा लायन्स क्लब इन्टरनेशनलले प्रसूतिका लागि अति आवश्यकीय १२ प्रकारका उपकरण प्रदान गरेको हो ।
उपकरण हस्तान्तरण कार्यक्रममा लाइन्स क्लब इन्टरनेशनलका पूर्वगभर्नर अनन्त भेटवालले हिमाली जिल्ला सोलुखुम्बु विश्वकै आकर्षणको केन्द्र भएकाले सहयोग गरेको बताउनुभयो । उहाँले पर्यटनको आकर्षणको केन्द्र सोलुखुम्बुलाई हरेक सेवासुविधाको हिसाबले अब्बल बनाउनु आजको आवश्यकता भएको बताउनुभयो ।
सो अवसरमा फाप्लु अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले लाइन्स क्लबको सहयोगले जिल्लामा मातृ शिशु मृत्युदरलाई कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले हिमाली जिल्ला दुर्गम जिल्लामै पर्ने भएकाले पनि यहाँका जनता स्वास्थ्यलगायत अन्य अति आवश्यक सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।
लाइन्स क्लब अमेरिकाबाट प्राप्त उपकरण पोखरा–विराटनगर हुँदै सोलुखुम्बुसम्म ढुवानीको जिम्मेवारी लाइन्स क्लब काठमाडाँैले गरेको छ । अत्यन्तै संवेदनशील उपकरण भएकाले पोखराबाट सोलुखुम्बुसम्म ढुवानी गर्न करिब रु एक लाख २५ हजार बराबर खर्च भएको लाइन्स क्लब काठमाडाँैका सभापति राजेन्द्र कोइरालाले बताउनुभयो ।
जनशक्ति भए पनि उपकरण नहुँदा यहाँका अधिकांश महिला ओखलढुङ्गाको मिशन अस्पताल या काठमाडौँलगायत अन्य स्थानमा जानुपर्ने बाध्यता छ । सोही बाध्यतालाई दृष्टिगत गर्दै उपकरण सहयोग मागिएको प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक राजभण्डारीले बताउनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन २१, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



