• कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चिकित्सकले औषधि लेख्दा प्रयोग सम्बन्धी विस्तृत जानकारी बिरामीलाई दिन जोड दिनुभएको छ । माया मेट्रो अस्पताल प्रालीले प्रयोगमा ल्याएको ‘सिटी स्क्यान’ उपकरणको शुभारम्भ गर्दै उहाँले विपन्न समुदायलाई सहुलियत उपचार सेवा प्रदान गर्न अस्पतालसंग आग्रह गर्नुभयो ।

    राष्ट्रियसभाका सदस्य शेरबहादुर कुँवरले अस्पतालले भित्र्याएको उपकरणबाट स्थानीयवासी लाभान्वित हुने बताउनुभयो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सिटी स्क्यान सेवा नपाएर बाटोमै ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य भएको बताउनुभयो । अस्पतालका सञ्चालक धिरेन्द्र साउँदले व्यावसायिक रुपमा मात्र नभई सामाजिक सेवामा पनि समर्पित रहेको बताउनुभयो । करिब रु तीन करोड मूल्य बराबरको सिटी स्क्यानको उपलब्धताका सँगै काठमाडाँै, भारतको बरेली, लखनऊलगायत शहरमा जानुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । रासस