

-
लम्की । कैलालीका दक्षिणी सीमासँग जोडिएका गाउँका नागरिक अझै पनि ढिकेनुनकै भर पर्ने गरेका छन् । भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिकेनुन बिक्री गरिरहेका छन् । त्यहाँका स्थानीयवासी घर अगाडि नुन आउने भएपछि गुणस्तरहीन ढिकेनुन प्रयोग गर्न वाध्य छन् ।
“अवैध ढङ्गले नेपाल भित्रिएको गुणस्तरहीन ढिकेनुन आयोडिन नुनभन्दा सस्तो हुन्छ”, टीकापुर–९ खक्रौलाकी सीमा बुढाले भन्नुभयो, “खाद्यान्न, पुरानो फलाम, टुटेफुटेका प्लास्टिकलगायतका कबाडी सामानसँग साटेर ढिकेनुन मिल्छ । किन महँगो नुन खानु भनेर यही खान्छौँ ।”
भारतीय नागरिकले बिक्री गर्ने ढिकेनुन उपभोग गर्दै आएका अधिकांश स्थानीयवासीलाई ढिकेनुन स्वास्थ्यका लागि फाइदाजनक नभएको जानकारी छैन । “नुन कस्तो हो भन्नेबारेमा त हामीलाई खासै जानकारी छैन”, खक्रौलाकै तर्कबहादुर सुनार भन्नुहुन्छ, “पुरानै चलन हो, हामी त यस्तै नुन खाँदै आएका छौँ ।”
भारतले औद्योगिक प्रयोजनका लागि आयोडिनविहीन ढिकेनुन उत्पादन गर्दै आएको छ । ढिकेनुन खासगरी छालाका सामग्री गलाउन प्रयोग हुन्छ । सोही नुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको छ । ढिकेनुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको साल्ट टे«डिङ कर्पोरेशन धनगढीका सूचना अधिकारी तेजबहादुर कुँवरले बताउनुभएको छ ।
निकासी पैठारी ऐन, २०१३ ले तोकिएको संस्थाबाहेक अरुले नुन आयात गर्न नपाउने व्यवस्था गरेको छ । नेपालमा साल्ट टे«डिङ कर्पोरेसनले मात्रै नेपालमा नुन आयात गर्दै आएको छ । सूचना अधिकारी कुँवरले कुनै पनि व्यक्तिले भारतबाट एक किलो नुन पनि ल्याउन नपाउने बताउनुभयो । “प्रहरी र प्रशासनसँग आयात रोक्नका लागि बेला बेला पत्राचार भइरहेको हुन्छ, तैपनि आउने गरेको छ, त्यो अवैध काम हो”, उहाँले भन्नुभयो, “राज्यका सुरक्षा संयन्त्रले रोक्नुपर्छ ।”
साल्ट ट्रेडिङले सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयले नुन तस्करी रोक्न ध्यान नदिएको जनाएको छ । जनस्वास्थ्यसँग जोडिएको अवैध काम रोकथामका लागि प्रहरीले बेवास्ता गर्नु गैरजिम्मेवारी भएको स्थानीयवासी बताउँछन् । भजनीका जयबहादुर सार्कीले भारतीय नुन खुलेआम भित्रिरहेको बताउनुभयो । उहाँका अनुसार दर्जनौँ भारतीय नागरिक साइकलमा गुणस्तरहीन ढिकेनुन बोकेर दिनहुँ नेपालका सीमावर्ती गाउँमा आउने गरेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले सीमाक्षेत्रबाट भारतीय नागरिकले गुणस्तरहीन ढिकेनुन नेपाल भित्र्याइरहेको बारेमा जानकारी नभएको बताउनुभयो । “यसबारेमा मलाई खासै जानकारी छैन”, भट्टले भन्नुभयो, “ढिकेनुन भारतबाट लुकीचोरी आइरहेको भए हामी कडाइका साथ रोक्छौँ ।”
स्थानीयवासी भने सीमानाकाबाटै दिनहुँ कयौँ भारतीय नागरिकले गुणस्तरहीन ढिकेनुन साइकलमा बोकेर नेपाल भित्र्याउने गरेको बताएका छन् । उनीहरु नेपालतर्फ प्रहरीको उपस्थिति नरहेका ग्रामीण क्षेत्रमा नुन बेचेर फर्किने गरेका छन् । रासस
News Desk 0 response सोमवार, फाल्गुन १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२