

-
लम्की । कैलालीका दक्षिणी सीमासँग जोडिएका गाउँका नागरिक अझै पनि ढिकेनुनकै भर पर्ने गरेका छन् । भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिकेनुन बिक्री गरिरहेका छन् । त्यहाँका स्थानीयवासी घर अगाडि नुन आउने भएपछि गुणस्तरहीन ढिकेनुन प्रयोग गर्न वाध्य छन् ।
“अवैध ढङ्गले नेपाल भित्रिएको गुणस्तरहीन ढिकेनुन आयोडिन नुनभन्दा सस्तो हुन्छ”, टीकापुर–९ खक्रौलाकी सीमा बुढाले भन्नुभयो, “खाद्यान्न, पुरानो फलाम, टुटेफुटेका प्लास्टिकलगायतका कबाडी सामानसँग साटेर ढिकेनुन मिल्छ । किन महँगो नुन खानु भनेर यही खान्छौँ ।”
भारतीय नागरिकले बिक्री गर्ने ढिकेनुन उपभोग गर्दै आएका अधिकांश स्थानीयवासीलाई ढिकेनुन स्वास्थ्यका लागि फाइदाजनक नभएको जानकारी छैन । “नुन कस्तो हो भन्नेबारेमा त हामीलाई खासै जानकारी छैन”, खक्रौलाकै तर्कबहादुर सुनार भन्नुहुन्छ, “पुरानै चलन हो, हामी त यस्तै नुन खाँदै आएका छौँ ।”
भारतले औद्योगिक प्रयोजनका लागि आयोडिनविहीन ढिकेनुन उत्पादन गर्दै आएको छ । ढिकेनुन खासगरी छालाका सामग्री गलाउन प्रयोग हुन्छ । सोही नुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको छ । ढिकेनुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको साल्ट टे«डिङ कर्पोरेशन धनगढीका सूचना अधिकारी तेजबहादुर कुँवरले बताउनुभएको छ ।
निकासी पैठारी ऐन, २०१३ ले तोकिएको संस्थाबाहेक अरुले नुन आयात गर्न नपाउने व्यवस्था गरेको छ । नेपालमा साल्ट टे«डिङ कर्पोरेसनले मात्रै नेपालमा नुन आयात गर्दै आएको छ । सूचना अधिकारी कुँवरले कुनै पनि व्यक्तिले भारतबाट एक किलो नुन पनि ल्याउन नपाउने बताउनुभयो । “प्रहरी र प्रशासनसँग आयात रोक्नका लागि बेला बेला पत्राचार भइरहेको हुन्छ, तैपनि आउने गरेको छ, त्यो अवैध काम हो”, उहाँले भन्नुभयो, “राज्यका सुरक्षा संयन्त्रले रोक्नुपर्छ ।”
साल्ट ट्रेडिङले सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयले नुन तस्करी रोक्न ध्यान नदिएको जनाएको छ । जनस्वास्थ्यसँग जोडिएको अवैध काम रोकथामका लागि प्रहरीले बेवास्ता गर्नु गैरजिम्मेवारी भएको स्थानीयवासी बताउँछन् । भजनीका जयबहादुर सार्कीले भारतीय नुन खुलेआम भित्रिरहेको बताउनुभयो । उहाँका अनुसार दर्जनौँ भारतीय नागरिक साइकलमा गुणस्तरहीन ढिकेनुन बोकेर दिनहुँ नेपालका सीमावर्ती गाउँमा आउने गरेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले सीमाक्षेत्रबाट भारतीय नागरिकले गुणस्तरहीन ढिकेनुन नेपाल भित्र्याइरहेको बारेमा जानकारी नभएको बताउनुभयो । “यसबारेमा मलाई खासै जानकारी छैन”, भट्टले भन्नुभयो, “ढिकेनुन भारतबाट लुकीचोरी आइरहेको भए हामी कडाइका साथ रोक्छौँ ।”
स्थानीयवासी भने सीमानाकाबाटै दिनहुँ कयौँ भारतीय नागरिकले गुणस्तरहीन ढिकेनुन साइकलमा बोकेर नेपाल भित्र्याउने गरेको बताएका छन् । उनीहरु नेपालतर्फ प्रहरीको उपस्थिति नरहेका ग्रामीण क्षेत्रमा नुन बेचेर फर्किने गरेका छन् । रासस
News Desk 0 response सोमवार, फाल्गुन १९, २०७६

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



