

-
लमजुङ । बेँसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ क्लबले संयुक्त रुपमा शिविरको आयोजना गरेका थिए ।
चण्डीस्थान स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा पाठेघरको परीक्षण गराएका मध्ये एक जनामा अर्बुद्धरोग र अर्काे एकको पाठेघरमा ट्युमरको समस्या देखिएको जिल्ला सामुदायिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा हेमा छन्त्यालले जानकारी दिनुभयो । त्यस्तै, चिकित्सकका अनुसार ३० मा पाठेघरको मुखमा घाउ र १० मा पाठेघर खस्ने समस्या भएको पाइएको छ । शिविरमा चार जनाको पाठेघरमा रिङप्रेसरी राखिएको छ । शिविरमा चिकित्सक छन्त्याल, स्वाथ्यकर्मी सुशीला रिमाल र सङ्गीता भण्डारी, चण्डीस्थान स्वास्थ्य चौकीका अनुपमा रेग्मी र अशोक तामाङ गरी पाँच स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।
महिलामा पाठेघर खस्नु, सङ्क्रमण हुनु र अन्य समस्या देखिनु मुख्य कारण कम उमेर बच्चा जन्माउनु चाँडोचाँडो बच्चा जन्माउनु, सरसफाइमा ध्यान नदिनुलगायतका कारण रहेकोस्त्रीरोग विशेषज्ञ छन्त्यालले जानकारी दिनुभयो ।
शिविर वल्र्डभिजन इन्टरनेशनल नेपाल र जनचेतना अभिवृद्धि तथा विकास अध्यान समिति (कोपाडेस) को आर्थिक सहयोग तथा बेँसीशहर नगरपालिका–६ वडा कार्यालय र चण्डीस्थान स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताउनुभयो । ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, फाल्गुन १८, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



