

-
कास्की । पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।
यही फागुन ११ गतेदेखि शुरु भएको वल्र्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो । यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो । टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अङ्कका साथ पहिलो स्थानमा रहँदा नेपाल १७ अङ्कसहित दोस्रो स्थान हासिल गरेको थियो । नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अङ्कका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिनुभयो ।
पुरुष एकलतर्फ कोरियाका चियोङ हा ७५० अङ्कका साथ प्रथम, जङ्गमेन चोइ ७३४ अङ्कसहित द्वितीय तथा मुनसिउव लिम ७२६ अङ्कसहित तेस्रो स्थानमा रहेको बताइन्छ । नेपालका युकेश गुरुङ ७१९ अङ्कका साथ चौथो स्थानमा रहनुभएको छ ।
महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्कसहित प्रथम, कोरियाका याना ली १५६ सहित द्वितीय र स्वीजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्कसहित तेस्रो र चौथो स्थानमा रहनुभएको छ । प्रतियोगीहरुले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेको थिए ।
प्रतियोगितामा २० देशका ९२ खेलाडीले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गरिहेका छन् । यस टूरबाट पाँचदेखि आठ जना खेलाडी प्याराग्लाइडिङ वल्र्डकप सुपर फाइनलका लागि छनोट गर्ने योजना छ ।
यस वर्ष नेपालसहित इन्डोनेशिया र चीनमा तय भएको एशियन टूरबाट छनोट भएका खेलाडीहरु ‘पोइन्ट’ र ‘र्याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्था (ना)का निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिनुभयो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन १६, २०७६


सम्बन्धित शीर्षकहरु

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै
आइतवार, चैत्र ३०, २०८१-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२