

-
इटहरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ ।
चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन् । आज बिहान १ः०० बजेतिर २८ वर्षीया लक्ष्मी बुढाथोकीको मृत्यु भएको थियो । उहाँलाई गत फागुन १२ गते सुत्केरी गराउनका लागि प्रतिष्ठानको प्रसूति वार्डमा आफन्तले बेड भर्ना गरेका थिए । लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै अस्पतालले सुत्केरी नगराएकाले बच्चा पेटमै मरेको र आमाको पनि अस्पतालमै मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।
आमा र बच्चा दुवैको मृत्युको कारण प्रसूति गराउन ल्याइएकी बिरामीलाई समयमै चिकित्सकले नहेरेको तथा लापरवाही गरेका कारण आमा बच्चा दुवैको ज्यान गएको मृतकका मामा ससुरा गणेश चौहानले बताउनुभयो । प्रतिष्ठानमा प्रसूति गराउन नसक्ने भए अन्त सिफारिस गर्नुको साटो त्यत्तिकै यहाँ राखिएका कारण आमा बच्चा दुवैको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
आज बिहान मृतकका आफन्तलाई प्रतिष्ठान प्रशासनले वार्ताका लागि अडिटोरियम हलमा बोलाएको भए पनि प्रतिष्ठानका पदाधिकारी समयमै नआएका कारण वार्ता नभएको आफन्तले बताएका छन् । अहिले वार्ता भइरहे पनि वार्ताको पूरा विवरण आइसकेको छैन । वार्तामा प्रतिष्ठानका डा अर्चना ठाकुर, डा रोहित रिजालसहितको टोली छ भने मृतकका तर्फबाट आफन्त सहभागी रहेका वताइएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १५, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



