-
इटहरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ ।
चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन् । आज बिहान १ः०० बजेतिर २८ वर्षीया लक्ष्मी बुढाथोकीको मृत्यु भएको थियो । उहाँलाई गत फागुन १२ गते सुत्केरी गराउनका लागि प्रतिष्ठानको प्रसूति वार्डमा आफन्तले बेड भर्ना गरेका थिए । लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै अस्पतालले सुत्केरी नगराएकाले बच्चा पेटमै मरेको र आमाको पनि अस्पतालमै मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।
आमा र बच्चा दुवैको मृत्युको कारण प्रसूति गराउन ल्याइएकी बिरामीलाई समयमै चिकित्सकले नहेरेको तथा लापरवाही गरेका कारण आमा बच्चा दुवैको ज्यान गएको मृतकका मामा ससुरा गणेश चौहानले बताउनुभयो । प्रतिष्ठानमा प्रसूति गराउन नसक्ने भए अन्त सिफारिस गर्नुको साटो त्यत्तिकै यहाँ राखिएका कारण आमा बच्चा दुवैको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
आज बिहान मृतकका आफन्तलाई प्रतिष्ठान प्रशासनले वार्ताका लागि अडिटोरियम हलमा बोलाएको भए पनि प्रतिष्ठानका पदाधिकारी समयमै नआएका कारण वार्ता नभएको आफन्तले बताएका छन् । अहिले वार्ता भइरहे पनि वार्ताको पूरा विवरण आइसकेको छैन । वार्तामा प्रतिष्ठानका डा अर्चना ठाकुर, डा रोहित रिजालसहितको टोली छ भने मृतकका तर्फबाट आफन्त सहभागी रहेका वताइएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १५, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि
सोमवार, पुस २२, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१