-
दमक । दमकस्थित लाइफलाइन अस्पतालले मिर्गाैला बिरामीका लागि डायलोसिस सेवा शुरुआत् गर्ने भएको छ । रोटरी क्लब अफ दमकको सहकार्यमा अस्पतालले आगामी दुई महिनाभित्र यहाँ पहिलोपटक सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा तिलकचन्द्र साहले जानकारी दिनुभयो । ती दुईसंस्थाका बीच सम्झौता समेत भएको छ ।
अध्यक्ष डा साहका अनुसार चार श्ययाबाट बिरामीलाई सो सेवा प्रदान गरिनेछ । सो सेवाबाट यस क्षेत्रका बिरामीले थप सुविधा पाउने विश्वास गरिएको छ । जिल्लाको विर्तामोड र भद्रपुरमा सो सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालमा आयोजित कार्यक्रममा सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको रोटरीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी दिनुभयो । रु ८० लाख मध्ये ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी हुने जनाइएको छ । सो अवसरमा अध्यक्ष डा साहले सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति व्यवस्थापन गरिसकिएको जाकारी दिनुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा खुस्बु प्रिया र सञ्चालक डा मुक्तिनाथ भट्टराई सेवाले मिर्गाैला बिरामीलाई थप सहज हुने बताउनुभयो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्वास्थ्य सेवामा नगरपालिकाले विभिन्न काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा दमक रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, रोटरीको परियोजना समन्वयकर्ता सागर श्रेष्ठले दमक आसपासका मिर्गौलाका बिरामीले आफ्नै ठाउँमा सर्वसुलभ सेवा पाउने बताउनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन १४, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि
सोमवार, पुस २२, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१