

-
जाजरकोट । पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माणशुरु भएको छ । “स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ”, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भन्नुभयो ।
पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम शुरु भएको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो । स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी नगर अस्पताल बनाइएको हो । नौवटा स्वास्थ्य संस्थाका भवनसमेत निर्माण शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
बिरामीको सहजताका लागि नगरपालिकाले एम्बुलेन्स सेवासमेत शुरु गरेको जनाएको छ । गर्भवती, ज्येष्ठ नागरिक, प्राकृृतिक प्रकोपमा परेकालाई सो सेवामा छुट दिने कार्यविधिमा उल्लेख रहेको छ । सदरमुकामको स्वास्थ्य सेवा कार्यालयबाहेक सबै स्वास्थ्य संस्था स्थानीय तहको मतहतमा आइसकेको छ । स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याएको नगरप्रमुख महतराले जानकारी दिनुभयो ।
भेरी नगरपालिकाले सदरमुकामको अस्पताललाई व्यवस्थित गरेर सेवा प्रवाहमा सहयोग गर्दै आएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । नगरपालिकाले पाँचभन्दा बढी नयाँ स्वास्थ्य संस्थाका भवनहरु निर्माण कार्य जारी राखेको छ ।
त्यस्तै रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले ७ नं वडाको छोटेबगरस्थित सिम्ली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ श्ययाको बनाइ सेवा शुरु गरेको छ । डा कविन बस्नेतले सेवा दिनुभएको छ । “संविधानमा गाउँपालिकामा १५ र नगरपालिकामा २५ श्ययाको अस्पताल हुने व्यवस्था गरिएअनुसार हामीले नगर अस्पताल बनाएका छौँ”, गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भन्नुभयो । गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले १५ श्ययाको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक र एकजना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने तीनजना एमबिबिएस चिकित्सक दरबन्दी कायम गरिएको छ ।
गुणस्तरीय उपचार प्रवाह गर्न छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको बताइएको छ । अस्पतालमा एक चिकित्सकसहित, नर्स, अहेब, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा दिएका छन् । अस्पतालबाट बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्स–रे र सामान्य शल्यक्रिया सेवा शुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक, परिवारयोजना, कुष्ठरोग निवारण, फार्मेसी, एम्बुलेन्सलगायत सेवा पनि प्रवाह भइरहेको छ ।
सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन थालेपछि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये अस्पताल शुरु गर्ने सानीभेरी दोस्रो स्थानीय तह हो । यसअघि आठबिसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । आठबिसकोट नगर अस्पताबाट जाजरकोट नलगाड नगरपालिकाका स्थानीयवासीले समेत सेवा लिन पाएका छन् । नगरपालिकाले अन्य सेवासमेत थपेर लिने योजनामा रहेको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



