

-
भक्तपुर । जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिताको उपाधि वागीश्वरी माध्यमिक विद्यालयका अभिषेक बस्नेतले हात पारेका छन् ।मध्यपुरथिमिस्थित शिक्षा विकास सञ्जालको पाँचौँ वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको पाँच किलोमिटर म्याराथुन प्रतियोगितामा १९६ प्रतिस्पर्धीलाई पछाडि पार्दै बस्नेतले २१ मिनेट ५५ सेकेण्डमा दौड पूरा गरी नगद पुरस्कार रु २० हजारसहित उपाधि हात पारेका हुन् ।
मध्यपुरथिमि नगरपालिकालको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा सैनिक आवासीय माध्यमिक विद्यालयका नवीन्द्र कार्की दोस्रो र लिटिल गार्डेन सेकेण्डरी स्कूलका सरोज तामाङ तेस्रो भएका छन् । दोस्रो हुने कार्कीले रु १५ हजार र तेस्रो हुने तामाङले रु १० हजार नगद पुरस्कार हात पारेका छन् ।
त्यस्तै वागेश्वरी माविका लालबहादुर थापा, भक्तपुर इङ्ग्लिस स्कूलका आरुष यादव, आदर्श सेकेण्डरी स्कूलका ब्रियान गौतम, रेन्बो इङ्ग्लिस स्कूलका सिर्जनकुमार राना, गणेश सेकेण्डरी स्कूलका समीर गोलेले जनही नगद रु तीन हजार पुरस्कारसहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो । सो अवसरमा उहाँले खेलकूद क्षेत्रको विकासका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै पारित गरेको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकूदको विकास गर्दै मध्यपुरथिमिलाई खेलकूदको हव बनाउने लक्ष्य लिएको बताउनुभयो । यसअघि ‘म्याराथुन फर एजुकेशन २०७६’ भन्ने मूलनाराका साथ शङ्खधरचोकबाट शुरु भई सल्लाघारी, निकोसेरा, बाहाखाबजार हुँदै सानोठिमी खेल मैदान गठ्ठाघरमा पुगेर समापन भएको थियो ।
नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नुभएको प्रतियोगितामा ४९ विद्यालयका १९६ विद्यार्थीको सहभागिता रहेको शिक्षा विकास सञ्जालका अध्यक्ष वीरेन्द्र जयनाले जानकारी दिनुभयो । कार्यक्रमका सभापतिसमेत रहनुभएका जयनाले भक्तपुरमा पहिलोपटक अन्तरविद्यालय म्याराथुन प्रतियोगिता सञ्चालन गरेको र अब सञ्जालले हरेक वर्ष फागुन १२ गते यो प्रतियोगितालाई निरन्तरता दिने र अर्को वर्षदेखिको प्रतियोगितामा छात्राको म्याराथुन प्रतियोगितासमेत गरिने घोषणा गर्नुभयो ।
सञ्जालका सचिव सूर्यबहादुर भण्डारीले सञ्जालको उद्देश्य, लक्ष्य र कार्यक्रमबारे जानकारी दिँदै भक्तपुरलाई उत्कृष्ट शैक्षिक हव बनाउने लक्ष्यका साथ सञ्जाल अगाडि बढेको बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



