

-
दैलेख । दैलेखको आठबीस नगरपालिका स्थित राकममा १०० श्ययाको ‘ट्रमा सेन्टर ’(अस्पताल) निर्माण हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सो सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य हुनुपर्ने रहको बताइएको छ । नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । द्विपक्षीय सम्बन्ध विस्तार गर्दै स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्ने, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वयन गरी दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने उद्देश्यका साथ सहकार्य भएको नगरप्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
“तत्काल सेवा सञ्चालन गर्न एक्सरे मेसिन, ल्याव लगायतका सामग्री तथा चिकित्सक फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ”, उहाँले भन्नुभयो । प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने निर्दशक गोसाईले जानकारी दिनुभयो ।
अस्पतालका लागि नगरपालिकाले १०५ रोपनी जग्गा उपलब्ध तथा विस्तृत परियोजना प्रतिवेदन तयारी सुरु गरेको जनाएको छ । अस्पतालले अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिक प्रत्यक्षरूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र एमडीजीपी तहका पठन पाठन गर्न आवश्यक भौतिक एवं जनशक्ति तयार गरिसकेको छ । रासस
News Desk 0 response आइतवार, फाल्गुन ११, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



