

-
दमौली । तनहुँको व्यास नगरपालिका–१ करङकाठमा रु एक करोडको लगानीमा फुटसल सञ्चालनमा आएको छ । स्थानीय पाँच युवाको लगानीमा यहाँ फुटसल सञ्चालनमा आएको हो । फुटबलप्रति अत्यन्तै आकर्षण रहेको यस ठाउँमा बजार बाक्लिँदै गएपछि खेलमैदान अभाव भएका कारण जग्गा भाडामा लिएर फुटसल मैदान तयार गरिएको सञ्चालक सन्तोष दरैले जानकारी दिनुभयो । तीन रोपनी जग्गा भाडामा लिएर तीन वटा मैदान बनाइएको छ । उक्त मैदानमा सेभेन ए साइडको एक र पाँच ए साइडको दुई खेल एकैसाथ खेल्न मिल्नेछ ।
“दमौलीका युवा तथा बालबालिकामा फुटबलप्रति निकै मोह छ, तर ठाउँ अभावका कारण सबैले खेल्ने इच्छा हुँदाहुँदै पनि खेल्न पाउनुभएको छैन”, उहाँले भन्नुभयो, “त्यही अभावलाई पूरा गराउन फुटसल सञ्चालनमा ल्याएका हौँ ।” फुटसलमा स्थानीय युवा नरेन्द्रराज शर्मा, अविनाश कैनी, सागर शाही, विवेक आचार्यको संयुक्त लगानी छ ।
पाँच ए साइडमा दुई टोली गरी दश जना खेल्न मिल्ने र सेभेन ए साइडको १४ जना खेल्न मिल्ने फुटसलका लागि प्रतिव्यक्ति पाँच ए साइडमा रु १२० र सेभेन ए साइडमा प्रतिव्यक्ति रु १५० शुल्क निर्धारण गरिएको छ । खेल्न चाहनेका लागि सोमबारबाट बुकिङ खुला गरिने सञ्चालक विवेक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बल, खानेपानी र प्राथमिक उपचारका सामग्री फुटसलमै उपलब्ध हुनेछ ।
यस ठाउँलाई फुटसलको ट्रेनिङ सेन्टर बनाउने लक्ष्य राखिएको छ । खेलकूदमा आकर्षण बढाउन र बालबालिकालाई सानैदेखि फुटबलमा दक्ष बनाउने उद्देश्यसहित निकट भविष्यमा ट्रेनिङ सेन्टर पनि स्थापना गरिनेछ । साथै सोही ठाउँमा व्याडमिन्टन कोर्टसमेत बनाउने लक्ष्य राखिएको बताइएको छ ।
फुटसल भनेको ‘मिनी’ फुटबल हो । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।
यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले शुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको हो । रासस
News Desk 0 response आइतवार, फाल्गुन ११, २०७६

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


