-
लम्की । कैलालीको जानकी गाउँपालिकाले ४०० गर्भवतीलाई पोषण उपहार प्रदान गरेको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो ।
उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र रु एक हजार नगद रहेका छन् । अमरावतिकी जमुनाकुमारी चौधरीले गाउँपालिकाले गर्भवतीको स्वास्थ्यमा ध्यान गर्न सन्देश दिएको बताउनुभयो । “पोषण उपहार संगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा र खानपानबारे समेत जानकारी पायौँ ।” उहाँले भन्नुभयो, “यो कार्यक्रमले घरपरिवारलाई समेत गर्भवतीको स्वास्थ्यमा सचेत रहन सजग गराउँछ ।”
वन्देविपुरकी रीता विष्ट गर्भवती हुनुहुन्छ । उहाँसँगै कोशेली बुझ्न उहाँका श्रीमान् पनि साथमा आउनुभएको थियो । “मेरो श्रीमती गर्भवती भएको सात महिना भयो । यहाँ आएपछि मैले धेरै जानकारी पाए ।” रीताका श्रीमान् विष्टले भन्नुभयो, “अब म मेरो श्रीमतीको खानपानमा पूरै ध्यान दिन्छु, उनीलाई चाहिने आराम, वातावरणबारे पनि म सचेत हुन आवश्यक रहेछ ।”
गाउँपालिकाले आमा र बच्चाको पोषणमा सुधार ल्याउन र मातृशिशु मृत्युदर घटाउन सहयोग पु¥याउन कोशेली कार्यक्रम शुरुआत गरेको हो । कोशेली वितरणका लागि रु सात लाख विनियोजन गरेको छ । गाउँपालिकाले दुई चरणमा कोशेली दिने तयारी गरेको छ । पहिलो चरणमा फागुन दोस्रो चरणमा जेठ मसान्तमा कोशेली दिइने गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिनुभयो । “ग्रामीण महिला गर्भावस्थामा खानपानमा ध्यान दिँदैनन्,यसले बच्चा र आमाको स्वास्थ्यमा असर गर्छ ।” उहाँ भन्नुहुन्छ, “सचेतना फैलाउने उद्देश्यका साथ कोशेली दिन थालेका हौँ । एक दिन मात्र दिएर पोषण वृद्धि त हुँदैन तर, महिला र तिनका परिवार सचेत हुन सक्छन् ।”
जन्मिने नवजात शिशुलाई स्वस्थ बनाउन पोषण उपहार कार्यक्रम सहयोगी हुने उपाध्यक्ष उमा महत्तोले बताउनुभयो । “हाम्रो समाजमा गरिबी छ । बुहारीले घरका सबैले खाना खाएपछि खाने चलन छ । अन्त्यमा खाने बुहारीलाई खाना नपुगे उनीहरु भोकै बस्छन् ।’’ उहाँ भन्नुहुन्छ, “अनि कसरी पोषणमा सुधार आउँछ । धेरै महिलामा रक्तअल्पताको समस्या देखिन्छ, बच्चा जन्माउँदा रगत आवश्यक पर्छ । त्यसकारण यो अभियान थालिएको हो ।”
गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भजाँचमा आएकालाई मात्र यो कोशेली दिने गरेको छ । स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले नियमित गर्भजाँच गर्ने बानीको विकास गर्नका लागि पनि कोशेलीले सघाउने विश्वासव्यक्त गर्नुभयो । “गर्भावस्थामा महिलाले पटकपटक खानेकुरा खाने, सरसफाइमा ध्यान दिने, आराम गर्ने, मानसिक थकान कम गर्नेजस्ता कुरा पनि सिकाउन थालेका छौँ ।” उहाँ भन्नुहुन्छ, “यो अवस्थामा गर्भवती खुशी हुन नसकेमा त्यसको असर बच्चामा पनि पर्छ । त्यस कारण महिला र तिनका परिवारले विशेष ख्याल गर्नुपर्छ ।” गाउँ टोलमा कोशेली कार्यक्रमबारे महिला स्वास्थ्य स्वयंसेविकाले जानकारी दिने गरेका छन् । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१