

-
भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही फागुन २० देखि २५ गतेसम्म आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, भूटान र बङ्गलादेशका गरी २५० खेलाडीको सहभागिता रहने आज काँकडभिट्टामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
क्लबका अध्यक्ष राजु कार्कीले यो दोस्रो संस्करणमा हुने प्रतियोगिताका लागि नेपाल चेस एसोसिएशनबाट समेत स्वीकृति लिइसकेको बताउनुभयो । उहाँले बङ्गलादेशका २०, भारतका ३० तथा नेपालका केही खेलाडीले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराइसकेको र भूटानबाट समेत खेलाडी सम्पर्कमा आइरहेका बताउनुभयो ।
प्रतियोगितामा खुलातर्फ २० उत्कृष्ट खेलाडी पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु ६० हजार, रु ५० हजार र रु ४० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा थप उत्कृष्ट १७ खेलाडीलाई अधिकतम रु १८ हजारदेखि न्यूनतम रु पाँच हजारसम्मको नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव अशोक राईले बताउनुभयो । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगितालाई मेची युमा चेस एकेडेमीले सहयोग गरेको छ । प्रतियोगिता सञ्चालनमा करीब रु २४ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



