

-
हेटौँडा । वाग्मती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको छ । वाग्मती प्रदेश सरकारको प्रेस रजिस्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था शुरु गर्ने लागेको हो ।
वाग्मती प्रदेशका ज्येष्ठ पत्रकारलाई मासिक रु तीन हजारका दरले पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको प्रेस रजिस्टारको कार्यालयले जनाएको छ । पेन्सनका लागि सरकारले रु १५ लाख बजेट छुट्याइएको बताइएको छ ।
त्यस्तै दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधिसमेत पारित भएको प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिनुभयो । “दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई रु ३० हजार दिने र क्यान्सर तथा मिर्गौला रोगबाट पीडित पत्रकारलाई रु ७५ हजारसम्म सहयोग गर्ने योजना सरकारले अगाडि सारेको छ”, उहाँले भन्नुभयो, “सुत्केरी पत्रकारलाई प्रोत्साहनस्वरुप रु ३० हजारका दरले चार वटा फेलोसिप दिने योजना पनि प्रदेश सरकारको छ ।” प्रेस रजिस्टारको कार्यालयबाट हालसम्म करिब १०० पत्रकारले परिचयपत्रसमेत प्राप्त गरेको बताइएको छ ।
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले पत्रकारको हकहितका लागि कानून निर्माणका साथै विभिन्न कार्याक्रम ल्याएको जानकारी दिनुभयो ।
प्रदेश सरकारले पत्रकार कल्याणकरी कोषको स्थापना गर्ने तयारी गरेको उल्लेख गर्दै उहाँले आफू श्रमजीवी पत्रकारका पक्षमा उभिएको बताउनुभयो । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



